४ वैशाख २०८१ मंगलबार
खेल

सनलाई छोड्न टोटेनह्याम सहमत

सोल – टोटेनह्यामले रिलिज गर्न सहमति जनाएपछि जनवरीमा हुने एसियन कपमा दक्षिण कोरियाका स्ट्राइकर सन ह्युङ–मिनले सुरुआती दुई खेल मात्र गुमाउने कोरियाली फुटबल संघ (केएफए) ले बुधबार जनाएको छ। 

प्रिमियर लिगअन्तर्गत अगस्ट ११ मा न्युक्यासल युनाइटेडविरुद्धको खेलपछि सनलाई एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीमा पठाउन टोटेनह्याम सहमत भएको छ । दक्षिण कोरियाको उपाधि रक्षा अभियानका लागि सन प्रिमियर लिगको पहिलो खेलपछि इन्डोनेसिया जानेछन् । जहाँ उपाधि रक्षा गर्न सके उनले अनिवार्य सैनिक सेवाबाट पनि मुक्ति पाउन सक्छन्। 

क्लबले सुरुमा अगस्ट १८ मा फुलह्यामविरुद्ध हुने खेलसम्मका लागि सनलाई आफूसँगै राख्न चाहेको थियो । प्रतियोगितामा २६ वर्षे सन उक्त खेलमा रहने अवस्थाले एसियन कपका समूह चरणका खेलमा असर पार्ने भएकाले टोटेनह्याम रिलिजका लागि तयार भएको हो । एसियाली खेलकुदको फुटबल अगस्ट १४ मा सुरु भएर सेप्टेम्बर २ सम्म चल्नेछ।

यसबापत दक्षिण कोरियाका स्ट्राइकर सनले एसियन कपमा जनवरी ७ र ११ मा फिलिपिन्स र किर्गिस्तान तथा नोभेम्बरमा हुने एक मैत्रीपूर्ण खेल गुमाउनेछन् । यसअघि पनि २०१४ को एसियाली खेलकुदमा जर्मनीको पूर्वक्लब बायर लेभरकुसनबाट अनुमति नपाउँदा उनी स्वर्ण पदक जितेको उक्त प्रतियोगिता खेल्नबाट वञ्चित भएका थिए। 

प्रि–सिजन भ्रमणका लागि अमेरिकामा रहेका सनले एसियाली खेलकुदको तयारीमा रहेको टोलीसँग रहन नपाएकोमा दुख व्यक्त गरेका छन् । उनले भने, ‘म मेरो देशका लागि खेल्दै छु जुन निकै महत्वपूर्ण हो, तर सुरुआती खेलमा उपस्थित हुन नपाएकोमा दुखी छु।’ 

यता रूस विश्वकपमा जर्मनीसँग २–० ले पराजित हुँदै आफ्नो टोली विश्वकपबाटै बाहिरिएको दुखद पक्षलाई एसियन कपमा उपाधि दिलाउँदै उक्त हारलाई मेटाउन चाहन्छन्। 

सनले गत महिना टोटेनह्यामसँगको सम्झौता २०२३ सम्मका लागि नवीकरण गरेका थिए । १ सय ४० खेलमा सनले क्लबका लागि ४७ गोल गरेका छन् । सन प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने एसियाली खेलाडी हुन्। 

 

प्रकाशित: १७ श्रावण २०७५ ०४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App