८ वैशाख २०८१ शनिबार
कला

आर्ट काउन्सिलमा उत्कृष्ट फोटो मेला

आफ्नो दिवंगत छोरा कमलको तस्बिर स्पर्श गर्दै बाबु फुदन सदा । तस्बिरः नागरिक

काठमाडौं – गत वर्ष बाढीले जमिन अभाव हुँदा पानीमै बगाएर अन्तिम संस्कार गरिएका बालक कमल सदाको परिवारलाई ७० हजार रुपैंयाँ प्रदान गरिएको छ ।

 राजधानीमा बुधबारबाट सुरु तस्बिर प्रदर्शनीमा ‘नेपाल फोटो प्रतियोगिता २०७५’मा कमलको दाहसंस्कारको मार्मिक फोटो खिचेर ‘फोटो अफ दि इयर’ विजेता बनेका नरेन्द्र श्रेष्ठले कमलका पिता फुदनलाई उक्त रकम प्रदान गरेका हुन् । रकम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले हस्तान्तरण गरेका थिए।

सदाले आफू पाएको रकमले ४ कठ्ठा जग्गा भाडामा लिएर तरकारी खेती गर्ने बताए । ‘मैले रकम पाएको छु । छोरा बितेर गइगयो । मेरो नाममा जग्गा नै छैन,’उनले भने, ‘अब यो पैसाले म जमिन भाडामा लिएर तरकारी खेती गर्छु । जसले जीवन धान्न सजिलो होला भन्ने आशा लिएको छु ।’श्रेष्ठको तस्बिरले १ लाख रुपैयाँ पुरस्कार जितेको थियो । उनले ७० हजार सदा परिवारलाई र बाँकी ३० हजार केही समयअघि निधन भएका पत्रकार यादव थपलियाको परिवारलाई हस्तान्तरण गरेका थिए ।फोटो पत्रकार क्लब (पिजे क्लब)को आयोजनामा सुरु भएको प्रदर्शनीमा पर्यटन, समाचार, प्रकृति, दैनिक जनजीवन, खेललगायतका विषयलाई समेटेर खिचिएका झण्डै १ सय ६० तस्बिर राखिएका छन् ।

पिजे क्लबको आयोजनामा सुरु भएको प्रदर्शनीमा पर्यटन, समाचार, प्रकृति, दैनिक जनजीवन, खेललगायतका विषयलाई समेटेर खिचिएका झण्डै १ सय ६० तस्बिर राखिएका छन् ।

प्रदर्शनीको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ लाई सफल पार्न फोटो पत्रकारको भूमिका महत्वपूर्ण रहने बताए । ‘नेपाल पर्यटकीय देश हो । यहाँका मठमन्दिर, मस्जिद, सम्पदा, प्राकृतिक सुन्दरताको पहिचान गरेर फोटोमार्फत विश्वमा प्रचारप्रसार गर्न सकिन्छ,’उनले भने,‘फोटो पत्रकारलाई अहिले विकास भइरहेको प्रविधि र सामाजिक सञ्जालले चुनौती बढाएको छ । फोटोपत्रकारले आफूलाई पनि उत्कृष्ट सावित गर्दै राम्रा फोटो खिच्न ध्यान दिनुपर्छ । ‘भिजिट नेपाल २०२०’लाई सफल बनाउन र नेपालमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन पिजे क्लबस“ग सहकार्य गर्नेछौं ।’उनले फोटो पत्रकारलाई उचित रकम दिएर व्यवसायिक बनाउने बताए । ‘फोटोपत्रकार साथीहरूले फोटो खिच्नुहुन्छ । तर त्यसको मूल्य पाउनुहुन्न । तर हामी अब फोटोलाई उचित रकम दिएर व्यवसायिक बनाउने छौं,’ मन्त्री अधिकारीले भने।

ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्र ढकालले नेपालमा पर्यटकीय गन्तव्य धेरै भएकोले फोटो पत्रकारलाई फोटोमार्फत पर्यटन प्रबद्र्धन गर्न आग्रह गरे । ‘फोटो प्रतियोगितामा हामी विगत केही वर्षदेखि साथै छौं । आगामी दिनमा पनि हाम्रो सहकार्य जारी रहने विश्वास राखेको छु ’ उनले भने ।क्लबका अध्यक्ष विकास कार्कीले नेपालमा मात्रै नभइ दक्षिण एसियालाई नै समेट्ने गरी ‘साउथ एसिया प्रेस फोटो कन्टेस्ट’ कार्यक्रमको आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए । ‘यसखालको ठूलो प्रतियगिता गर्न हामीलाई धेरै बजेट आवश्यकता पर्छ । यसको लागि सरकारले सहयोग गर्न सक्छ,’कार्कीले भने,‘नेदरल्यान्डमा विश्वभरका फोटो समेटेर ‘वल्र्ड प्रेस फोटो’ प्रतियोगिता गराएर नेदरल्यान्डको प्रचार गरिन्छ । नेपालमा पनि दक्षिण एसियालाई समेटेर फोटो प्रतियोगिता गर्दा नेपालको प्रबद्र्धन हुनेछ।’  

 फोटो प्रदर्शनीमा कल्चर एन्ड टुरिजम, नेचर एन्ड वाइल्ड लाइफ, डेली लाइफ, न्यूज फोटो, नेपाल स्माइल, एक्सन स्पोर्टस र फोटो स्टोरी गरि सात विधाका फोटो राखिएका छन् । वल्र्डं प्रेस फोटोका निर्णायक मण्डलका सदस्य रहिसकेका भारतका फोटोपत्रकार पाब्लो बारथोलोमिओको अध्यक्षतामा पत्रकार तथा बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतिक प्रधान, फोटोपत्रकार एवम् क्लबका संस्थापक अध्यक्ष तथा सदृश्य डटकमका फोटो सम्पादक चन्द्रशेखर कार्की, फोटोग्राफर मणि लामा, काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र एजेन्सी फ्रान्स प्रेस (एएफपी) का फोटोपत्रकार एवम् क्लबका निर्वतमान अध्यक्ष प्रकाश माथेमा निर्णायक थिए । राजधानीमा गरिएको प्रदर्शनी विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी यसै वर्ष सम्पन्न गरिने पिजे क्लबले जनाएको छ । प्रदर्शनी साउन २१ गते सोमबारसम्म चल्नेछ ।


 

प्रकाशित: १७ श्रावण २०७५ ०२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App