७ वैशाख २०८१ शुक्रबार
समाज

लहान नगरमा थुप्रियो फोहोरको डंगुर

लहान - दुई दशकपछि स्थानीय सरकारका रूपमा जनप्रतिनिधि पाएपछि जनता निकै हौसिएका थिए। जनता हौसिनुको कारण थियो– गाउँसहरको मुहार फेरिन्छ, स्वच्छ वातावरणमा सास फेर्न पाईन्छ। तर, लहान नगरवासीको त्यो उत्साह अहिले पीडामा परिवर्तन भएको छ।

लहान नगरपालिकाका मेयरको निर्देशनमा नगराको मुख्य चोक फोहोरको डंगुरमा परिणत भएपछि नगरवासी पिरोलिएका छन्। स्वच्छ वातावरणमा बाच्न पाउने आश पालेर बसेका नगरवासी फहोरको दुर्गन्धमा बस्न वाध्य छन्।

राजमार्गक्षेत्रको फोहोर पन्ध्र दिनदेखि उठ्न छोडेपछि नगरमा फहोरको डंगुर थुप्रिएको छ। वर्षा र घामका कारण फाहोर कुहिएर दुर्गन्ध फैलिएको छ। तर, नगरपालिकाले फोहोर नउठाउने जिद्दी छाडेको छैन।

राजमार्गक्षेत्रको फोहोर पन्ध्र दिनदेखि उठ्न छोडेपछि नगरमा फहोरको डंगुर थुप्रिएको छ। वर्षा र घामका कारण फाहोर कुहिएर दुर्गन्ध फैलिएको छ। तर, नगरपालिकाले फोहोर नउठाउने जिद्दी छाडेको छैन।

डिभिजन सडक कार्यालयका प्रमुख रामकुमार देवलाई मेयर मुनी साहले नगरक्षेत्र भित्रको सडकलाई १०३ फिट चौडा गर्न भनेका थिए। तर, देवले कानुनले यसो गर्न नमिल्ने जवाफ फर्काएपछि मेयर साह उनीसँग चिढिए। राजमार्गक्षेत्र चौडा नगरेसम्म यस क्षेत्रको फोहोर नगरपालिकाले नउठाउँने भन्दै मेयर साहले फोहोर संकलन कार्य रोकिदिए।

नगरपालिकाभित्र पर्ने करिब सात किलोमिटर राजमार्ग क्षेत्रलाई १०३ फिट अर्थात् (३१ मिटर) चौडा गर्ने निर्णयमा सहमति नजनाउँदा मेयर मुनी साहले राजमार्गको फोहोर उठाउन रोकेर रिस फेरेको स्थानीय बताउँछन्। मेयर साहले भने, ‘सडक कार्यालयका प्रमुखले हामीलाई सडक विस्तारमा सहयोग नगरेपछि हामी किन सडकको फोहोर उठाउनु? जबसम्म हामीलाई १०३ फिट सडक विस्तार गर्न सघाउँदैन तबसम्म राजमार्गको फोहोर उठ्दैन।’

सडक कार्यालयका प्रमुख रामकुमार देवका अनुसार कानुन मिचेर सडक विस्तारको निर्णयमा कसरी सहमति जनाउनु ? उनले भने, ‘कानुनले ८२ फिट मात्र सडकको मातहतमा छ।’ ८२ फिट खाली गराऊ भन्दा मेयर साब १०३ को जिद्दीमा अडिनुभएको छ। जुन कानुनी रूपमा गर्न मिल्दैन त्यो काम हामी कसरी गर्नु भन्दा उहाँ(मेयर) मान्नुहुन्न,’ उनले भने। सरसफाइका नाममा जनतासँग कर असुल्ने अनि फहोर सफा नगर्ने नगरपालिकाको रवैया ठीक नभएको स्थानीय बताउँछन् । राजमार्ग क्षेत्रमा सर्वाधिक पसल, होटल तथा व्यपारिक प्रतिष्ठान रहेका छन्। दिनहुँ हुने फहोरको ठूलो परिमाण राजमार्गक्षेत्रबाटै उत्पादन हुने नगरपालिकाले जनाएको छ। तर, राजमार्ग क्षेत्रमै दुई सातादेखि फोहोर उठ्न छोडेपछि सहरमा फहोरको डंगुर थुप्रिँदै गएको छ। राजमार्गमा फोहोर थुपारेर नगरपालिकाले गम्भीर बेवास्ता दशाइरहेको नेपाल उद्योग वाणिज्य माहासंघका केन्द्रीय सदस्य अशोक अग्रवालले बताए। नगरपालिकालाई करको ठूलो हिस्सा तिर्ने व्यपारीको बाक्लो उपस्थिति रहेको राजमार्ग क्षेत्रलाई फोहोरको डंगुर बनाइनु बेइमानी हो। सरसफाइका नाममा कर लिने अनि फोहोर भण्डार गर्ने नगरपालिकाको प्रवृत्ति गलत भएको उनले बताए।

लहान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.सुनिल कुशवाहाका अनुसार वर्षाका बेला विभिन्न खालको संक्रमण फैलिने जोखिम हुने भएकाले समयमा थुप्रिएको फहोर छताछुल्ल भएर मानव स्वास्थ्यमा गम्भीर संक्रमणको जोखिम बढाउन सक्ने उनले बताए। फोहोरबाट झाडापाखाला, हैंजा, डेंगुजस्ता संक्रम फैलिने जोखिम रहेको डा. कुशवाहाले बताए।

राजमार्गमै जथाभावी फोहोर थुपार्दा उत्पन्न भएको दुर्गन्ध र त्यसको असरबाट पीडित भईरहेका नगरवासीको मर्काबारे चाहिँ नगरले केही नसोचेको जस्तो देखिन्छ। लहानका बुद्धिजीवी अधिवक्ता सुनिल कुमार साहले स्वच्छ वातावरणमा बाच्न पाउने नागरिक अधिकार नेपालको संविधान २०७२ले मौलिक हकको रूपमा सुरक्षित गरिसकेको अवस्थामा नगरपालिकाकै कारण नगरवासीले दुर्गन्ध सहनुपर्ने अस्वभाविक भएको बताए। ‘जनताप्रति उत्तरदायी स्थानीय सरकारले संविधानले निदृष्ट गरेको व्यवस्थाभन्दा फरक शैली अख्तियार गर्नु शोभनीय हुदैन साहले भने। कुनै पनि बहानामा नगरपालिकाले जनता पिरोलिने खालको नीति अख्तियार गर्नु हुन्न उनले भने, जनताको स्वच्छ वातावरणमा बाच्न,बस्न पाउने अधिकार अबिलम्ब सुरक्षित हुनुपर्दछ,’उनले भने।

स्मार्ट सिटी नारा बन्यो फहोरको डंगुर
चुनावका बेला मुनी साहको लहानलाई स्मार्ट सिटी बनाउने नारा खुबै लोकप्रिय बन्यो। यी र यस्तै लोकप्रिय नारालाई पत्याएर जनताले उनको पक्षमा मतदान गरे। उनी नेपाली कांग्रेसका मेयर उम्मेदवार अचमितलाल चौधरीलाई पराजित गरी मेयरमा निर्वाचित भए। मेयर निर्वाचित भई लहान नगरको कार्यभार सम्हालेको करिब एक वर्षमा उनको एउटै नारा कार्यान्वयन भएको छैन। उनको कामकारबाहीबाट उनका चुनावी प्रतिस्पर्धी मात्र नभई उनकै पार्टी नेकपाका कतिपय नेता कार्यकर्तासमेत असन्तुष्ट देखिन्छन्।

राजमार्ग क्षेत्र अर्थात् लहानको मुख्य चोकलाई व्यवस्थित बनाउन लहानमा निर्माण भई सञ्चालनको पर्खाइमा रहेको बस पार्क सञ्चालन हुनुपर्छ। नेकपाका नेता विनोद साहले नगरपालिकासँग सम्झौता भएरै निर्माण भएको वस पार्क सञ्चालनका लागि अहिले नगरपालिकाले अनुमती दिन आलटाल गरिरहेको बताए।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति एवं मेयरका प्रत्यासी अचमितलाल चौधरीले नियम मिचेर निर्णय गर्न दिएको निर्देशन सडकले नमानेको रिस राजमार्गमा फहोर थुपारेर मेयरले साधिरहेको आरोप लगाए। ‘नगरमा दुर्गन्ध फैलाएर सडकलाई दोषी देखाउने मेयरको मनसुबा नगरवासीले बुझिसकेका छन्,’ चौधरीले भने, ‘राजमार्गमा थुप्रिएको फोहोरको डंगुर अबिलम्ब सफा गराई व्यवस्थित गर्न मेयरसाबलाई आग्रह गर्छाैं।’

सडक डिभिजन कार्यालय लहानका प्रमुख रामकुमार देवका अनुसार सडकले संरचना हटाउने क्षेत्र ८२ फिट हो। ‘हामीले पत्राचार पनि ८२ फिट क्लियर गराइदिन गरेका हौं। तर, मेयर सावले १०३ खाली गर्छु भनेर सुचना गर्नुभयो,’ देवले भने, ‘त्यसपछि व्यक्तिले अदालत पुगेँ। अदालतले निषेधाज्ञा गरिदिएपछि मेयरसाब ममाथि खनिनुभएको छ,’ उनले भने। उच्च अदालत जनकपुर इजालस राजविराजले मात्र नभई सर्वोच्च अदालतले समेत व्यक्तिको जग्गामा सडक नबनाउन आदेश गरिसकेको अवस्था औंल्याउँदै देवले भने, ‘नियम कानुनले नमिल्ने काम म कसरी गर्नु?’

प्रकाशित: १७ श्रावण २०७५ ०१:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App