coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

महिला संघ महाधिवेशन तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघले महाधिवेशन तयारी पूरा भएको जनाएको छ। संघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ७४ जिल्ला अधिवेशन सम्पन्न भएको जानकारी दिएको छ।

'सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास' भन्ने मूल नारासहित पार्टी सभापति शेरबहादुर देउवाले भदौ २९ गते भृकुटीमण्डमा महाधिवेशन उद्घाटन गर्ने संघकी अध्यक्ष डिला संग्रौलाले जानकारी दिइन्। भदौ ३१ गते नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन सम्पन्न हुने महाधिवेशनमा प्रत्यक्ष निर्वाचन क्षेत्रबाट ९ जनासहित २ हजार २ सय ४४ प्रतिनिधि सहभागी हुनेछन्।

संघकी प्रचार संयोजक निर्मला क्षत्रीले प्रतिनिधिका लागि खानेपानी, बसोबास, स्वास्थ्य परीक्षणदेखि आधारभूत सबै तयारी गरिएको जनाइन्। संघले महाधिवेशन प्रतिनिधिलाई सुन्धारा र ठमेलमा बस्ने व्यवस्था मिलाएको छ। महाधिवेशन सम्पन्न गर्न झन्डै साढे एक करोड खर्च लाग्ने अनुमान छ।

झन्डै १० वर्षपछि हुन लागेको संघको महाधिवेशनबाट नयाँ नेतृत्व लिन महिला नेत्री सक्रिय भएका छन्। तर, पार्टीभित्र विद्यमान गुटकै आधारमा नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा हुनेछ। नेतृत्वका लागि आधादर्जन बढी नेत्री सक्रिय रहे पनि सभापति शेरबहादुर देउवापक्षले पार्टी पूर्वकोषाध्यक्ष चित्रलेखा यादव वा नेत्री उमा रेग्मीमध्ये एकलाई संघको नेतृत्वका लागि अघि सार्ने तयारी छ।

त्यस्तै, नेता रामचन्द्र पौडेल पक्षले मीना पाण्डेलाई अघि सार्ने अन्तिम तयारी गरेको छ भने कृष्णप्रसाद सिटौला पक्षले धना खतिवडालाई मैदान उतार्ने जनाउँदै आएको छ। यद्यपि सिटौला पक्ष अन्तिम समयमा सभापति देउवा पक्षसँग मिल्ने विश्लेषण छ।

 

प्रकाशित: २७ भाद्र २०७३ ०२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App