coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

धरौटी बढ्ने हल्लापछि म्यानपावर व्यवसायी आन्दोलित

काठमाडौं– म्यानपावर कम्पनीले राख्नुपर्ने धरौटी सरकारले बढाउने तयारी गरेपछि व्यवसायी आन्दोलित भएका छन्।

हालको सात लाख रुपैयाँ नगद र २३ लाख बैंक ग्यारेन्टी राख्ने नियमलाई संशोधन गरी ६ करोड रुपैयाँ हाराहारीमा पुर्याउन सकारले तयारी थालेको व्यवसायीको भनाइ छ । तर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावरको धरौटी कति बनाउने भन्नेमा कुनै निर्णय नभएको जनाएको छ।

 मन्त्रालयका कतिपय अधिकारी अनुगमनमा समस्या भएको भन्दै म्यानपावरको धरौटी बढाउनुपर्ने पक्षमा छन् । २०६४ सालदेखि म्यानपारको धरौटी वृद्धि नगरिएकाले केही रकम बढाउनुपर्ने मन्त्रालय स्रोतले जनायो । थोरै धरौटी राख्ने व्यवस्था हुँदा जसले पायो त्यसले म्यानपावर खोल्ने र तिनको अनुमगन कठिन भएको अधिकारीहरू बताउँछन् ।
सरकारले धरौटी बढाउने सुइँको पाएपछि बुधबार म्यानपावर व्यवसायीले भेला गरी विरोध गरेका छन् । सरकारले धरौटी बढाए कम्पनीको साँचो सरकारलाई बुझाउने उनीहरूको भनाइ थियो । सोही विषयलाई लिएर म्यानपावर व्यवसायीबीच नै विवाद भयो । नेपाली काँग्रेस निकट वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई साथ दिइरहेको आरोप लगाउँदा आपसमा विवाद भएको थियो । संघका अध्यक्ष रोहन गुरुङ एमाले निकट हुन्।

बर्सेनि चार लाखको हाराहारीमा वैदेशिक रोजगारीमा युवा पठाउने म्यानपावरको संख्या धेरै भएको बताइन्छ । भारतमा समेत म्यानपावरको संख्या तीन सय हाराहारीमा रहेकाले धरौटी वृद्धि गरेर म्यानपावरलाई मर्ज गर्ने स्रोत भनाइ छ । नेपालमा दर्ता भएका एक हजार पाँच सय म्यानपावरमध्ये एक हजार जतिले युवालाई वैदेशिक रोजगारीमा पठाउने गर्छन्।

प्रकाशित: १७ श्रावण २०७५ ०१:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App