सांसद पालमाथि आक्रमणको निन्दा, सुरक्षा व्यवस्था गर्न निर्देशन

बुधबार, १६ साउन २०७५, २१ : ५६ नागरिक

काठमाडाैं- संसदीय सुुनुवाइ समितिलेको बुधबारको बैठकले मंगलबार बेलुका सांसद निरुदेवी पालमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै सांसदहरुको सुरक्षाको व्यवस्था गर्न संसद् सचिवालयलाई निर्देशन दिएको छ। 

समितिका संयोजक लक्ष्मणलाल कर्णले सांसद पालमाथि भएको सांघातिक आक्रमणको घोर भत्र्सना गरेको र सांसदहरुको सुरक्षाका लागि संसद् सचिवालयलाई पहल गर्न निर्देशन दिएको बताए। समितिका सदस्यमा सुरक्षा खतरा देखिएपछि आजै सात जना सदस्यलाई सुरक्षाको व्यवस्थासमेत गरिएको छ। 

यसरी भयो ममाथि आक्रमण : सांसद पाल 

सांसद निरुदेवी पालमाथि मंगलबार साँझ ८ः१५ बजे दूध लिनका लागि मध्यबानेश्वरस्थित निवासबाट घर बाहिर निस्कएका बेलामा आक्रमण भएको हो। सांसद पालले भनिन, “घर बाहिरको सडकमा निस्किएलगत्तै एक व्यक्तिले घाँटीमा अठ्याएर पेस्तोल तेस्र्याएर मेरो हातको मोेबाइल खोस्यो, भोलिको बैठक (संसदीय सुनुवाइ) मा गइस् भने मारिदिन्छु।” 

मंगलबारको घटनाबारे कुरा गर्दै उनले भनिन, “कराइस् भने अहिले नै सिध्याइदिन्छु भन्यो, त्यसपछि त्यो व्यक्ति कता गयो मलाई त्यति होस् भएन, नजिकै तीन/चार जना अरु मानिस पनि थिए, ती कता गए थाहा भएन।” 

घटना लगत्तै सांसद पालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूमाथि भएको घटनाका बारेमा टेलिफोनमार्फत जानकारी गराएकी थिइन। संसदीय सुनुवाइ समितिको बैठक प्रभावित हुन सक्ने भन्दै प्रधानमन्त्रीले उक्त घटना सार्वजनिक नगर्न भनेपछि आफूले परिवारका सदस्यलाई पनि भनेकी थिइनन्।

आजको संसदीय सुनुवाइ समितिको बैठकलाई जानकारी गराएपछि सो घटना सार्वजनिक भएको हो। आजै उनीसहित समितिका सात सदस्यलाई सुरक्षा व्यवस्था गरिएको छ। रासस








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad