coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सुनुवाई समितिले प्रधानन्यायाधीशबारे निर्णय लिन सकेन, अर्को बैठक शुक्रबार

काठमाडौं- संसदीय सुनुवाई विशेष समितिले वुधबार पनि प्रधानन्यायाधीशबारे निर्णय लिन सकेन। समितिको अर्को बैठक शुक्रबार बस्नेगरी स्थगित भएको छ।  

सहमतिमा पुग्न र दलहरुको आन्तरिक छलफल गर्न समय आवश्यक रहेकोले बैठक पर्सीको लागी सारिएको समितिका सदस्य योगेश भट्टराईले बताए। उनले शुक्रबारको बैठकले निर्णय लिने बताए।

कांग्रेसले नै छलफलका लागि अतिरिक्त समय मागेको कांग्रेस सांसद भिमसेनदास प्रधानले बताए। समितिकि सदस्य निरु पालमाथी हिजो भएको आक्रमण प्रति समितिले खेद व्यक्त गरेको छ। समितिका सदस्यलाई थप सुरक्षाको लागि भन्दै संसद सचिवालयलाई पत्र लेखिएको लक्ष्मणलाल कर्णले बताए। सर्वसम्मत निर्णयका लागि बैठक स्थगित भएको उनको भनाई छ।

आज दिउँसो साढे तीन बजेका लागि बलाइएको बैठक साढे दुर्इ घण्टापछि साँझ ६ बजे सुरू भएको थियो। आजको बैठकले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय गर्ने सूची रहेकव् थियो।  समितिका दुईतिहाइ सदस्यले अनुमोदन गरेमात्र उनको नाम प्रधानन्यायाधीशको लागि स्वीकृत हुने छ। समितिमा १५ सदस्य छन्। जोशीको संसदीय सुनुवाइपछि समितिका दुई बैठक स्थगित भएका थिए। आइतबार ३ बजे बोलाइएको समितिको बैठक बस्दै नबसी सोमबार २ बजेसम्मका लागि स्थगित भएको थियो। सोमबार पनि बैठक स्थगित भएपछि आजको लागि बोलाइएको थियो। जोशीविरुद्ध पाँचवटा उजुरी परेका थिए।

 

प्रकाशित: १६ श्रावण २०७५ १३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App