७ वैशाख २०८१ शुक्रबार
प्रविधि

सामसङको जे एट नेपाली बजारमा

काठमाडाैं - सामसङले नेपाली बजारमा ग्यालेक्सी जे एट स्मार्टफोन ल्याएको छ। ६ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको फोनमा अत्याधुनिक प्रविधियुक्त दुईवटा क्यामेरा रहेको वितरकले जनाएको छ। 

क्यामेरामा भएको  आर्टिफिसियल इन्टलिजेन्सले अगाडिको फोटो तथा व्याकग्राउन्ड तस्वीरलाई सहजै छुट्याउन सक्दछ। जसले गर्दा व्याकग्राउन्डलाई फोटो खिच्नु अगाडि वा खिचिसकेपछि  ब्लर बनाउन सकिन्छ। जे एटमा च्याट ओभर भिडियो सुविधा समेत प्रदान गरिएको छ। जसको मद्दतले प्रयोगकर्ताले भिडियो हेर्दै गर्दाको अवस्थामा समेत च्याट गर्न सक्छन। 

जे एट सार्वजनिक गर्दै आइएमविजका प्रमुख प्रणय रत्न स्थापितले ग्राहकको चाहनालाई जे एटले सम्बोधन गर्ने बताए। राम्रो क्यामेरा भएका फोनहरु उपभोक्तामाझ वर्तमान समयमा लोकप्रिय हुने गरेका बताउँदै उनले ग्यालेक्सी जे एटको क्यामेरा फिचरहरु उत्कृष्ट र नौलो रहेको बताए। 

जे एटको रियर क्यामेरा १६ र ५ मेगापिक्सलको रहेको छ भने फ्रन्ट क्यामेरा समेत १६ मेगापिक्सलको रहेको छ। 
ग्यालेक्सी जे एटको मुल्य नेपाली बजारमा ३३ हजार ४ सय ९० तोकिएको छ। यो फोन नेपालअधिराज्यभरका रिटेलहरु मार्फत यही महिनादेखि उपलब्धहुने छ। ग्यालेक्सी जे एट नीलो, कालो तथा गोल्ड कलरमा उपलब्ध हुनेछ । ३५ सय एम ए एच क्षमताको व्याट्रि रहेको जे एटमा ४ जिबीको र्‍याम र ६४ जिबीको रोम रहेको छ । 

ग्राहकहरुकालागि ग्यालेक्सी जे एटमा ६००० एमबिको डाटाबन्डलिङ्ग समेत प्रदान गरिएको छ । यसबाट ग्राहकहरुले प्रतिहप्ता ५०० एमबि का दरले १२ हप्ता सम्म एनसेलको डाटा प्याक निःशुल्कप्राप्त गर्न सक्नेछन।

प्रकाशित: १६ श्रावण २०७५ ११:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App