६ वैशाख २०८१ बिहीबार
समाज

पीजे क्लबको फोटो प्रदर्शनी सुरु

काठमाण्डौ- फोटो पत्रकार क्लब (पीजे क्लब) द्वारा आयोजित आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनी सुरु भएको छ। काठमाडौंको बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा सुरु भएको प्रदर्शनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरे। प्रदर्शनी २१ गते सोमबारसम्म जम्मा ६ दिन चल्नेछ।

प्रदर्शनीमा सात विधाका उकृष्ट १६० फोटोहरु प्रर्दशनीमा रहेको फोटो पत्रकार क्लब नेपालका अध्यक्ष विकास कार्कीले जानकारी दिए।

कार्यक्रममा मन्त्री अधिकारीले सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल पार्न फोटो पत्रकारको भूमिका महत्वपूर्ण रहने बताए।

उद्घाटन कार्यक्रममा ग्लोबल आइएमई बैंक अध्यक्ष चन्द्र ढकालले नेपालमा पर्यटकीय गन्तव्य धेरै भएकोले फोटो पत्रकारहरुले फोटो मार्फत पर्यटन प्रबद्र्धन गर्न आग्रह गरे। 
कार्यक्रममा फोटो अफ दि इयर विजेता नरेन्द्र श्रेष्ठले ७० हजार रुपैयाँ फुदन सदालाई हस्तान्तरण गरे। फुदन सदा नरेन्द्र श्रेष्ठले खिचेको तस्बिरमा देखिएका मृतक कमल सदाका बुबा हुन्। 
सदाले आफू पाएको रकमले ४ कट्ठा जग्गा भाडामा लिएर तरकारी खेती गर्ने बताए।
श्रेष्ठको फोटो अफ दि इयर बन्न तस्बिरले १ लाख रुपैयाँ जित्न सफल भएको थियो। ७० हजार सदा परिवारलाई बाँकी ३० हजार केहीसमय अघि निधन भएका पत्रकार यादव थापलियाको परिवारलाई हस्तान्तरण गरे।

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App