coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘स्वाधीनतामा आँच पुग्ने काम नगर'

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भारत भ्रमणक्रममा नेपालको हित, स्वाधीनता र स्वाभिमानमा आँच पुर्‍याउने कुनै पनि काम–कुरा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सचेत गराएको छ। दाहाललाई सोमबार उनकै कार्यकक्षमा भेट गर्दै एमाले नेताहरूले यसअघिको सरकारले गरेका सम्झौतालाई देशको हितमा हुने गरी कार्यान्वयन गर्नसमेत आग्रह गरे।

स्थायी कमिटीको निर्णयबमोजिम प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउन गएका उनीहरूले भारत भ्रमणसम्बन्धमा प्रमुख प्रतिपक्षी दलसँग छलफलसमेत नगरेकोप्रति गम्भीर आपत्ति जनाए। अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहाललाई ६ बुँदे सुझाव दिएको छ।

‘प्रधानमन्त्रीलाई फर्किंदा फूलमाला लगाएर हाँसीहाँसी स्वागत गर्न पाइयोस् भनेर अध्यक्ष ओलीले कामना गर्नुभएको छ,' प्रतिनिधिमण्डलमा रहेका एमाले उपाध्यक्ष भीम रावलले नागरिकसँग भने, ‘प्रधानमन्त्रीको विदेश भ्रमणका विषयमा प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्ने, सुझाव लिने कामसमेत यो सरकारले गरेन।'

एमालेले सरकारले अघि बढाउने भनेर चर्चामा आएका विभिन्न विषयमा कुनै सम्झौता नगर्नसमेत सरकारलाई सुझाव दिएको छ। एकीकृत महाकाली बहुउद्देश्य परियोजनाको विस्तृत परियोजना प्रतिवदेन निर्माण गर्दा यसअघि भएको सम्झौतामा कुनै पनि कम्परमाइज नगर्न एमालेले सुझाएको छ। 'महाकाली नदीबाट विद्युत उत्पादन हुने भनेर निर्धारण गरिएको भन्दा कम हुनुहुन्न,' रावलले भने। महाकाली नदीमा पञ्चेश्वर बाँध निर्माण गरी ६ हजार ७ सय मेगावाट बिजुली निकाल्ने यसअघि भनिएको थियो।

रेडियो नेपालमा कार्यक्रम उत्पादनको विषयमा अल इन्डिया रेडियोसँग सम्झौता गर्न खोजेको भन्दै एमालेले आपत्ति जनाएको छ। त्यसैगरी नाकाबन्दीपछि नेपालले इन्धन बजारलाई विविधीकरण गर्नका लागि चालेको कदमबाट दाहाल सरकार पछि हटेको उसको आशंका छ। ‘भारत सरकारले नाकाबन्दी लगाएपछि पाइपलाइन निर्माण गर्न सम्झौताको कुनै औचित्य छैन,' रावलले भने, ‘तर अहिले सरकारले पन्ध्र वर्षसम्म भारतबाट मात्रै इन्धन खरिद गर्ने गरी पाइपलाइन निर्माण गर्न खोजेको छ, यो स्वीकार्य छैन।'

भारतसँग सन् १९५० को सन्धि पुनरावलोकनको विषय उठाउन माग गरेको एमालेले तेस्रो देशमा व्यक्तिलाई सुपदर्गी गर्ने र विदेशी कानुन व्यवसायी राख्ने व्यवस्था नगर्न माग गरेको छ। नेकपा माओवादी केन्द्रसमेत सहभागी रहेको एमाले नेतृत्व सरकारले भारतसँग गरेका सम्झौतालाई देश हितअनुकूल हुनेगरी अघि बढाउन एमाले नेताहरूले आग्रह गरेका छन्।

त्यसैगरी काठमाडौ–तराई द्रूतमार्ग नेपाल सरकारले आफैं निर्माण गर्ने गरी स्रोत परिचालन गर्दै राष्ट्रिय हितको आधारमा अघि बढाउन, हुलाकी राजमार्गको यथाशीघ्र निर्माण गर्न भारत सरकारको सहयोगबारे स्पष्ट गर्नसमेत उसले माग गरेको छ। 'यो मार्गको भविष्य अनिश्चित हुने कुनै पनि काम नगरियोस्।'

नेपालसँग सीमा जोडिएका भारतीय इलाकामा अन्तर्राष्ट्रिय कानुन र मान्यताविपरीत निर्माण गरिएका संरचना तथा दशगजा क्षेत्रमा भएको अतिक्रमण हटाइनुपर्ने कुरा स्पष्टसँग राख्न, नेपालको भूभाग जलमग्न हुने वा डुवान हुने समस्या समाधान गर्ने विषयलाई प्राथमिकतासाथ उठाउन पनि एमाले नेताहरूले आग्रह गरेका छन्। जलस्रोतलगायत नेपालका प्राकृतिक स्रोत उपयोग र विद्युत उत्पादन तथा बिक्री–वितरणसम्बन्धी विषयमा नेपालको हित संरक्षणतर्फ ध्यान दिन उनीहरूले ध्यानाकर्षण गरेका छन्।

दुईपक्षीय सुरक्षा सहयोगमा नेपालको स्वतन्त्रता र हित कुण्ठित नहुने कुरा सुनिश्चित गर्न एमालेको आग्रह छ। एमालेले नेपालजस्तो भूराजनीतिक स्थितिमा रहेको देशको सरकारले राष्ट्रिय हितमा कुरा गर्दा वा नीति अवलम्बन गर्दा त्यसलाई आवेगयुक्त, असन्तुलित जस्ता शब्दावलीले प्रहार गर्नु प्रकारान्तरले नेपालको राष्ट्रिय हितमा उठाइने आवाजप्रतिको उपेक्षा ठहरिने जनाएको छ।

so-bidi-font-family: Mangal'>, 'दुई मित्रबीच नाकाबन्दीको कुरा हुनुपर्छ। भोलि नाकाबन्दी नहोस् भन्नको लागि हिजो भएका कुराको समीक्षा गर्दा राम्रो हुन्छ।' प्रधानमन्त्रीलाई धेरै भारी बोकाएर पठाउन नहुने जनाउँदै उनले पुराना सहमति कार्यान्वयनमा ल्याउन जोड दिनुपर्ने बताए।

प्रकाशित: २७ भाद्र २०७३ ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App