१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दुई विधेयक पारित

विराटनगर- प्रदेश १ को प्रदेश सभा बैठकले दुई वटा विधेयक पारित गरेको छ। वुधबारको बैठकले जिल्ला सभाको काम कर्तव्य र अधिकार सम्बन्धी विधेयक २०७५ र अन्तर प्रदेश बासिन्दको समान सुरक्षा व्यवहार, सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सर्वसम्मतले पारित गरेको हो।

प्रदेश सभा बैठकमा दुबै विधेक आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतबहादुर कार्कीले पेश गरेका थिए। जिल्ला सभाको काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पहिलो पटक संसदीय समितिमा छलफल भएर सदनमा आएको हो। संसदीय समितिमा छलफल भएर प्रतिवेदन सहित सदनमा पेश भएको विधेयकका विषयमा प्रदेश सभा सदस्यहरू विद्यानन्द चौधरी,रामबहादुर मगर र मोहनकुमार खड्काले धारणा राखेका थिए। उनिहरूले स्थानीय तहहरूबीचमा अनुगमन, समन्वय गरी सुझाव दिने र केहि विषयमा  सिफारिस  गर्न जिल्ला समन्वय समिति आबश्यक रहेको बताए।

यस्तै अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ मा संसोधन गर्न तोकिएको ७२ घण्टाको समयमा कुनै संसोधन प्रस्ताव दर्ता नभएकाले सो विधेयक सर्वसम्मतले पारित भएको सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए।

प्रकाशित: १६ श्रावण २०७५ १०:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App