coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एकदिवसीय क्रिकेटः नेदरल्याण्ड्सविरुद्ध पारसले दिलाए चौंथो विकेट

काठमाडौं – नेदरल्याण्ड्समा जारी ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेदरल्याण्ड्सविरुद्ध बलिङ गरिरहेको नेपालले चौंथो विकेट हात पारेको छ।

आमस्टेल्भिन स्टेडियममा जारी खेलमा नेदरल्याण्ड्सले ७३ रन जोड्दा ४ विकेट गुमाएको छ। नेपाललाई चौंथो विकेट कप्तान पारसले दिलाएका छन्। उनले नेदरल्याण्ड्सका वेस्ले बरेसीलाई १६.१ ओभरमा क्याट आउट गराए।

पारसले गरेको बलिङमा आरिफ शेखले क्याच गरेपछि बरेसी २२ बलमा १ चौंकाको सहायतामा १२ रन बनाउदै पभेलियन फर्किए। यसअघि पारसले दोस्रो विकेटका रुपमा ब्रेन कुपरलाई एलबिडब्लु आउट गराएका थिए।

नेपालका लागि अन्य २ विकेट सोमपाल कामी र सन्दिप लामिछानेले लिए।  नेदरल्याण्ड्ससँग नेपालले अब अर्काे खेल पनि खेल्नेछ। नेपालका बलर शक्ति गाैचनले नेदरल्याण्ड्ससँगकाे अर्काे खेलबाट अन्तिम अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिदै छन्।  

 

प्रकाशित: १६ श्रावण २०७५ १०:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App