७ वैशाख २०८१ शुक्रबार
खेल

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपाल र बंगलादेश एउटै समूहमा

काठमाडौं – बंगलादेशको राजधानी ढाकामा हुने १२ औं साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ।

आगामी सेप्टेम्बर ४ देखि १५ सम्म चल्ने प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, र भुटानले सहभागिता जनाउँदै छन्।  सार्वजनिक तालिका अनुसार समूह ‘ए’ मा नेपालसहित पाकिस्तान, भुटान र बंगलादेश रहेका छन् भने समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स रहेका छन्।

नेपालले पहिलो खेल सेप्टेम्बर ४ मा पाकिस्तानसँग खेल्नेछ। त्यस्तै सेप्टेम्बर ६ मा हुने दोस्रो खेलमा भुटान र सेप्टेम्बर ६ मा हुने समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । 

नेपाली फुटबल टिम यतिबेला साफ च्याम्पियनसिपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको छ। ११ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधि अफगानिस्तानलाई २–१ ले हराउँदै भारतले जितेको थियो। नेपाल भने सेमिफाइनलमा अफगानिस्तानसँग पराजित हुँदै बाहिरिएको थियो। 

 

प्रकाशित: १६ श्रावण २०७५ ०७:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App