८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

सरिफको निवेदनमाथि सुनुवाई हुने

तस्बिर : एजेन्सी

इस्लामाबाद– पाकिस्तानको उच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफद्वारा पुनरावेदन गरिएको एभेनफिल्ड अपार्टमेन्ट भ्रष्टाचार मुद्दामाथि सुनुवाई गर्ने भएको छ।

इस्लामावादस्थित पाकिस्तानी उच्च अदालतको संवैधानिक बेन्चले पूर्वप्रधानमन्त्री नवाज सरिफ, उनकी छोरी मार्याम र क्याप्टेनका रूपमा सेवा निवृत्त भएका ज्वाइँ सफदारविरुद्धको एभेनफिल्ड अपार्टमेन्ट भ्रष्टाचार मुद्दाका सन्दर्भमा सुनुवाई गर्ने भएको हो । यस अघि उक्त मुद्दामा सरिफलाई अदालतले दोषी ठहर गरेको थियो । जसअनुसार सरिफलाई ८० लाख पाउन्ड स्ट्रलिङ र दश बर्षको जेल सजाय सुनाइएको थियो । सोही मुद्दामा सरिफकी छोरी मार्यामलाई सात बर्ष जेल सजाय र २० लाख पाउन्ड स्ट्रलिङ जरिवानको फैसला भएको थियो । सफ दारलाई भने एक बर्षको जेल सजाय तोकिएपनि कुनै जरिवाना तोकिएको थिएन ।

 एभेनफिल्ड अपार्टमेन्छसम्बन्धी फैसला वैधानिक नरहेको दाबी गर्दै पूर्वप्रधानमन्त्री सरिफले आफ्ना वकिलको सुझावमा मुद्दाको पुनरावेदन गरेका थिए । सरिफ परिवारले न्यायालयमा धरौटीमा रिहा हुन पाउनुपर्ने तथा अदालतको फैसलाले न्यायालयको विश्वसनीयतामा प्रश्न चिह्न खडा भएको बताएका थिए।

 

प्रकाशित: १६ श्रावण २०७५ ०५:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App