७ वैशाख २०८१ शुक्रबार
समाज

नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको उद्धार

तस्बिर : एजेन्सी

नयाँ दिल्ली - भारतको राजधानी नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको उद्धार गरिएको छ । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालको नेतृत्वमा बुधबार बिहान उनीहरुकाे  उद्धार गरिएको हो । याैन कार्यका लागि तेस्रो मुलुक पठाउन लागिएका उनीहरूकाे उद्धार गरिएकाे हाे।

राति १ बजेदेखि बुधबार बिहानसम्म प्रहरीकाे सहयाेगमा उनीहरूलार्इ  राखिएकाे होटलमा छापा मारेर उनीहरूकाे उद्धार गरिएकाे भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

एक साताको अवधिमा ७० भन्दा बढी महिलालाई भारतबाट उद्धार गरिएकाे छ । पीडित महिलाहरूले आफूहरूलाई राेजगारीकाे प्रलाेभनमा दिल्ली ल्याइएकाे बताए।

प्रकाशित: १६ श्रावण २०७५ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App