४ वैशाख २०८१ मंगलबार
कला

साझाका शर्मा अर्को विवादमा

कठमाडौं– भ्रष्टाचार आरोपमा बर्खास्त भएर पनि फेरि पुनस्र्थापित भएका साझा प्रकाशनका महाप्रबन्धक डाोलिन्द्र प्रसाद शर्मा नयाँ विवादमा फसेका छन् । शर्माको कार्यकाल गत शुक्रबार सकिएको हो तर उनले अझै तीन वर्ष आफ्नो कार्यकाल बढाउन भनसुनमा लागेका छन्।

१ सय २८ कर्मचारीले साझा प्रकाशनबाट बिदा हुने निर्णय लिँदै ‘गोल्डेन हेन्डसेक’को निर्णय स्वीकार गरेका थिए । तर शर्माले सम्झौता अनुरुपकाो रकम प्रदान नगरेपछि पूर्व कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले अविलम्ब आफ्नो पैसा दिन साझा नेतृत्वसँग माग राख्दै प्रदर्शन गरिरहेका छन् ।‘गोल्डेन हेन्डसेक’को अफर स्वीकार्दै प्रकाशनबाट बिदा भएका कर्मचारीले दुई वर्षदेखि आफ्नो पैसा दिन शर्माले आनाकानी गरेकोे आरोप लगाउँदै आएका छन् । उनीहरूले अविलम्ब कबोलेको रकम प्रदान गर्न दबाब दिएका छन् । केही कर्मचारीले २० प्रतिशत रकम पाए पनि बाँकीले एक पैसा पनि पाएका छैनन्।

संघर्ष समितिका संयोजक देसार राईले १ सय २८ कर्मचारीका लागि १७ करोड रकम चाहिने बताए । शर्माले पहिला चारपल्ट पैसा दिने आश्वासन दिँदै कर्मचारीलाई चुप लगाउँदै आएका थिए । उनले दुई पल्ट लिखित सम्झौता नै गर्दै पूर्व कर्मचारीलाई अवकासकोा रकम दिने वाचा गरेका थिए । जसअनुसार गत जनवरीमा पहिलो लिखित सम्झौताको म्याद सकिएको थियाो भने दोस्रो डेटलाइन जुलाई १७लाई तोकेका थिए । पछिल्लो सम्झौतामा उनले ऋण लिएर, धितो राखेर वा साझाको सम्पत्ति बेचेर भए पनि कर्मचारीको पैसा चुक्ता गर्ने बताएका थिए ।

सम्झौतामा भनिएको थियो ‘यदि यो मितिमा उनीहरूले पैसा नपाए, उनीहरूको साझामा पुनः नियुक्ति हुनेछ ’ मे ४ मा शर्माले हस्ताक्षर गरेको सम्झौतामा लेखिएको छ । तर शर्माले लिखित सम्झौता पालना गर्ने अग्रसरता नै नदेखाएको आन्दोलनरत कर्मचारीको आरोप छ । उनकै कारणले कर्मचारीले धेरै दुःख पाएको पनि उनीहरूकाो भनाइ छ । चालक सुमन खड्काको पैसाको आस गर्दा गर्दै मृत्यु भएको थियो भने साझाले नै प्रकाशन गर्ने साहित्यिक पत्रिका गरिमाका पूर्व सम्पादक तेज बहादुर श्रेष्ठका दुर्व मृगौला फेल भएका थिए । यसैगरी प्रेम शेर्पा पनि कोमामा रहेकी श्रीमतिको उपचार खर्च जुटाउन नसक्दा समस्यामा परेका थिए।

‘शर्मालाई हाम्रो समस्यामा रत्तिभर पनि चासो छैन न त उनलाई आफूले गरेको सम्झौता पालन गर्ने चिन्ता छ ।१ सय ५ वर्षे इतिहास बोकेको संस्थाका कर्मचारीको समस्यामा बेपर्वाह हुनु हदैसम्मको लापर्वाही हाो,’ राईले भने, ‘पैसा नपाएसम्म हाम्रो प्रदर्शन जारी रहनेछ । राईले शर्मा पदावधि सकिए पनि फेरि कार्यकाल थप्न शक्तिकेन्द्र धाउन थालेको आरोप लगाउँछन्।  

तर शर्माले भने आफू कर्मचारीकै माग सम्बोधनका लागि अर्थमन्त्री र शिक्षामन्त्रीसँग सम्पर्क गरिरहेको बताए ।
‘म एक महिनाभित्रमै उहाँहरूकाो पैसा दिन्छु,’ उनले नागरिक र रिपब्लिक मिडियाका कारण समस्या भएको आरोप लगाउँदै भने, ‘मैले कार्यकाल बढाउन खोेजेको छैन । समस्या समाधान गर्न खोजिरहेको छु ।’

शिक्षा मन्त्रालयले उनलाई अनियमितता गरेको आरोप लगाउँदै गत वर्षको सेम्टेम्बरमा बर्खास्त गरेको थियाो ।उनीमाथि नेताका नातेदार र सञ्चारकर्मीलाई जागिर खुवाएको पनि आरोप लागेको थियो । शर्मामाथि आय व्ययको हिसाब नराखेको,अडिट नगरेको, लोगोको दुरुपयोग गरेको, साझाको ५ करोड व्यक्तिगत खातामा राखेको र नियम विपरित महाप्रबन्धक भएर अध्यक्षको रुपमा पनि काम गरेको आदि आरोप थिए । तर सर्वोच्च अदालतले उनको बर्खास्तमा स्टे अर्डर जारी गर्दै नोभेम्बरमा सरकारको निर्णय उल्टाएको थियो ।

 

प्रकाशित: १६ श्रावण २०७५ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App