coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

तिब्बतमा ट्रेकिङ गएका नेपाली युवकको मृत्यु

सोलुखुम्बु- सोलु दूधकुण्ड नगरपालिका–७ का सञ्जीव भुजेलको ट्रेकिङका क्रममा मृत्यु भएको छ। विदेशी पर्यटकसहित चीनको तिब्बतमा ट्रेकिङ गएका २३ वर्षीया भुजेलको लेक लागेर मृत्यु भएको छिमेकी भानुभक्त श्रेष्ठले जानकारी दिए। 

केही दिनअगाडि आफ्नै बुबा र काकाको साथमा ट्रेकिङ गएका भुजेलको आइतबार राति मृत्यु भएको मृतकका बुबा मानबहादुर भुजेलले जानकारी दिए। उनी सहितको टोली शिवम् ट्राभल लाजिम्पाटबाट केही दिनअगाडि तिब्बत गएको बुझिएको छ। 

रसुवागढी नाकामा पहिरोले सडक अवरुद्ध गरेपछि मृतकको शव ल्याउन समस्या भएको बताइएको छ। अवरुद्ध सडक खुलेसँगै उनको शव नेपाल ल्याएपछि हेलिकप्टरमार्फत जन्मस्थान ल्याउने पहल भइरहेको स्थानीय बासिन्दा श्रेष्ठले बताए। 

यस विषयमा प्रहरीलाई कुनै पनि जानकारी नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले बताए। रासस

प्रकाशित: १५ श्रावण २०७५ १६:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App