८ वैशाख २०८१ शनिबार
राजनीति

संघीय संसद्का महाशाखा प्रमुखहरुको जिम्मेवारी तोकियो

काठमाडाैं- संघीय संसद् सचिवालयले महाशाखा प्रमुखहरुको जिम्मेवारी तोकेको छ। प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिसहित प्रशासन महाशाखा प्रमुखमा ध्रुवप्रसाद घिमिरे, प्रतिनिधि सभाकै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसहित आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुखमा कृष्णहरि खड्का, प्रतिनिधि सभाकै राज्य व्यवस्था तथा सुशासन समितिसहित मानव संसाधन विकास महाशाखा प्रमुखमा सुदर्शन खड्कालाई जिम्मेवारी दिइएको छ। 

यसैगरी प्रतिनिधि सभाकै शिक्षा तथा स्वास्थ्य समिति र विधि व्यवस्थापन महाशाखा प्रमुखमा जीवराज बुढाथोकी, सोही सभाको सार्वजनिक लेखा समिति र प्रविधि व्यवस्थापन महाशाखा प्रमुखमा डा रोजनाथ पाण्डेले जिम्मेवारी पाएका छन्।

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समिति र कार्य व्यवस्थापन महाशाखा प्रमुखमा मुरारी महत, सोही सभाको विधायन व्यवस्थापन समिति र विधि व्यवस्थापन महाशाखा प्रमुखमा मनोजकुमार गिरी अाएका छन्।

यसैगरी महिला तथा सामाजिक समिति र सांसद सुविधा व्यवस्थापन महाशाखा प्रमुखमा हृदयराम महर्जन, प्रतिनिधि सभाको अर्थ समिति र अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखा प्रमुखमा सुरेन्द्र अर्याल प्रमुख तोकिएका छन्।

सोही सभाको विकास तथा प्रविधि समिति र कार्य व्यवस्था महाशाखा प्रमुखमा वंशीराज पौडेल, प्रतिनिधिसभाकै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र संसदीय अध्ययन तथा अनुसन्धान महाशाखा प्रमुखमा घनिन्द्रराज चिमौरियाले जिम्मेवारी पाएको संसद् सचिवालयले जनाएको छ। 

राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रमुख तोक्न बाँकी छ । तोकिनुभएका सहसचिवले समितिको सचिवका रुपमा काम गर्नेछन्। 

दुवै सभाको संयुक्त समितिका रुपमा रहने संसदीय सुनुवाइ समिति र राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन एवम् अनुगमन तथा मूल्यांकन समितिको निर्णय संसद् सचिवालयको महासचिवले नै प्रमाणित गर्ने व्यवस्था संघीय संसद्को संयुक्त बैठक र समिति कार्यसञ्चालन निर्देशिका–२०७५ मा गरिएको छ। रासस

प्रकाशित: १५ श्रावण २०७५ १६:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App