८ वैशाख २०८१ शनिबार
खेल

तेक्वान्दो, कराँते, उसु र जुडोमा नेपाललाई पदकको आशा

केशव कुमार विष्ट। फाइल फाेटाे।

काठमाडौं– इन्डोनेसियामा हुने १८ औं संस्करणको एसियन खेलकुद प्रतियोगिता आउन केही सातामात्र बाँकी छ। आगामी अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म आयोजना हुने एसियन गेम्सका लागि नेपालले विशेष तयारी गरिरहेको छ। कमजोर खेल संरचनामै केहि टोलीले नेपालमा प्रशिक्षण गरी आफुलाई तिखार्ने कोशिस गरिरहेका छन् भने केहि टोली वैदेशिक प्रशिक्षणमा व्यस्त छन्।

एसियन गेम्समा अहिलेसम्म नेपालले कास्य पदक मात्र प्राप्त गरेको छ। यस पटक भने तयारी राम्रो भएकोले रजत र स्वर्ण पदक पनि ल्याइने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टको दावी छ।

विष्टका अनुसार नेपालले तेक्वान्दो, कराँते, उसु, जुडोमा पदक ल्याउनेछ भने प्याराग्लाइडिङ्मा समेत पदकको सम्भावना छ। नेपाली तेक्वान्दो टोली अहिले कोरियामा दुई महिनाबाट प्रशिक्षणमा व्यस्त छ। बक्सिङ टोली पनि थाइल्याण्डमा प्रशिक्षणरत छ। उसु चीन र कराँते टोली जापान जाने तयारीमा छ। जुडो टोली हङ्गेरीमा छ। यसरी विभिन्न खेलका प्रशिक्षण विदेशमा भईरहेको हुँदा यी खेलहरुमा पदकको सम्भावना रहेको विष्टको दावी छ।

खेलको तयारीका लागि बजेटको समस्या रहेको विष्टको भनाई छ। भन्छन्, “हामीलाई बजेट कै समस्या हो, बजेटको अभाव छ, सीमित बजेटभित्र ब्यवस्था मिलाउनु पर्छ।” विष्टसँग रेडियो नागरिकले गरेको कुराकानी सुन्न तलको लिङ्कमा क्लिक गर्नुहोस्।

प्रकाशित: १५ श्रावण २०७५ ११:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App