८ वैशाख २०८१ शनिबार
राजनीति

मन्त्रालयका योजना बनाउँदै मन्त्रीहरु

काठमाडौं– नेपाली कांग्रेसबाट सरकारमा सहभागि मन्त्रीहरु आ –आफ्नो मन्त्रालय अन्तर्गतको अल्पकालीन र दिर्घकालीन योजनाहरु निर्माणमा सक्रिय भएका छन्। संविधान कार्यान्वयन गर्दै स्थानीय निकायको निर्वाचन गर्ने कार्यआदेशसहितसहित सरकारमा सहभागि कांग्रेस नेताहरुले मातहतका निकायहरुको सुधारका लागि कार्यक्रमहरु बनाउन लागि परेका हुन।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारमा तीन साथाअघि (भदौ १०गते)पार्टी थप १३ नेता सहभागि भएसँगै उनीहरु आफ्नो मन्त्रालयमा के गर्न सकिन्छ भनेर लागि परेका छन् । ‘सबै पक्षलाई समेटेर संविधानको कार्यान्वयन गर्नु पर्ने दायित्व र जिम्मेवारी त सरकार छँदैछ,’ कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सिँचाइ मन्त्री दीपक गिरीले भने, ‘मातहतको निकायमा पनि केही गर्नै पर्ने दवाव छ त्यसका लागि अध्ययन भइरहेको छ।’

सिँचाइ मन्त्री गिरी मात्र होइन पार्टी नेतृत्व गर्दै सरकारमा सहभागि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसहित सबै मन्त्रीहरु आफ्नो नेतृत्वको मन्त्रालयमा नयाँ योजना र कार्यक्रम लागु गर्ने रणनीतिमा जुटेका छन् । संविधान कार्यान्वयनका लागि दलीय छलफल र वार्तामा सक्रिय उपप्रधान तथा गृहमन्त्री निधि गृह प्रशासनलाई कसरी सुधार गर्न सकिन्छ भन्नेमा निकटहरुसँग छलफलमा जुटेको निकट स्रोतको दाबी छ । ‘राजनीतिमा लागेको लामो समय भएपनि उहाँ(निधि)को अन्तिम होइन सुरुवात हो,’ निकट स्रोतले भन्यो, ‘पार्टी र मुलुकको मुल नेतृत्वमा पुग्नका लागि संविधान कार्यान्वयनलाई सफल बनाउँदै गृह प्रशासनलाई पनि सुधार गर्नु पर्ने जिम्मेवारी छ । त्यसका लागि छलफल भइरहेको छ।’

श्रम मन्त्री सूर्यमान गुरुङले वैदेशीक रोजगारीलाई व्यवस्थीत गर्न आफु लागि परेको बताए । ‘वैदेशीक रोजगारीका लागि विदेशीने हाम्रो ठूलो जनशक्ति छ,’ मन्त्री गुरुङले भने, ‘त्यसलाई व्यवस्थीत गर्न सकियो भने ठूलो हुन्छ।’

वन मन्त्री शंकर भण्डारी संबैधानीक व्यवस्था अनुसार संविधानको कार्यान्वयन गर्नुको साथै मन्त्रालय अन्तर्गत अल्पकालीन र दिर्घकालीन योजनाहरु बनाइरहेको बताए। ‘संविधान कार्यान्वयन त गर्नु नैछ, त्यसका साथै मन्त्रालयभित्र पनि केही सुधार कार्यक्रम बन्दैछ,’ वन मन्त्री भण्डारीले भने, ‘वन क्षेत्रको अतिक्रमण रोक्नेसहितका सुधारका कार्यक्रम बन्दैछ।’

वन र निकुञ्जभित्रको चोरी निकासी रोक्नका लागि मन्त्रालयले ठोस कार्यक्रम ल्याउने जनाउँदै भण्डारीले राष्ट्रिय निकुञ्ज र वनस्पति ऐन संशोधन प्रक्रियाअघि बढेको जानकारी दिए। ‘हामी वन मन्त्रालयमा केही नयाँ गर्ने तयारीमा लागि परेका छौ,’ उनले भने।

त्यस्तै, पर्यटन मन्त्री जीवनबहादुर शाहीले वर्षौ देखि रोकिएको जहाज खरीद प्रक्रिया अघि बढाउनेसहितका कार्यक्रमहरु बनाउन लागि परेको बताएका छन् भने वाणिज्य मन्त्री रोमी गौचन थकाली, स्वास्थ्य मन्त्री गगनकुमार थापासहितले एक सय दिनको कार्यक्रम पेस गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

त्यस्तै, उद्योग मन्त्री नवीन्द्रराज जोसी र शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले आइतबार कार्यक्रम सार्वजनीक गरेका छन् । दुबै मन्त्रीले आ–आफ्नो मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम सार्वनीक गरेका हुन ।

उद्योग मन्त्री जोसीले बन्द भएका सरकारी उद्योगहरु पुनः सञ्चालन गर्नेसहित उद्योग क्षेत्र सुधार कार्ययोजना सार्वजनीक गरेका छन्। विगतमा जेसुकै कारणले बन्द भएको भएपनि अब त्यस्ता उद्योगले पुनर्जीवन पाउने बताउँदै मन्त्री जोसीले पहिलो चरणमा नेपाल औषधी लिमिटेड, वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, गोरखकाली रबर उद्योग, नेपाल मेटल कम्पनी, बुटवल धागो उद्योग जस्ता उद्योगहरु पुनः सञ्चालन गरिने जानकारी दिएका हुन।

त्यस्तै, सहरी विकास मन्त्री केसीले नतिजामुखी काम अघि बढाउने लक्ष्यका साथ २१ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् । मन्त्रालयको भूमिका भवन निर्माणसँग मात्रै केन्द्रित नभएको जनाउँदै मन्त्री केसीले आवास व्यवस्था, भवन निर्माण, सहरी विकास, भूकम्पपश्चातको पुनर्निर्माणलगायतका विषयमा नतिजामुखी कायम अघि बढाउन कार्ययोजना सार्वजनीक गरेका हुन।

 

प्रकाशित: २६ भाद्र २०७३ १४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App