‘भिजिट नेपाल २०२०’ कार्यक्रमप्रति एनआरएनको ऐक्यवद्धता

मङ्गलबार, १५ साउन २०७५, १६ : १३ चिरन शर्मा  | @chiranuk

लग्जेम्वर्ग- संविधानले प्रत्याभूत गरेअनुसार तत्काल कानून बनाई गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने मार्गप्रशस्त गर्न सरकारसँग माग गर्ने एवं विदेशमा बसेर नेपालीले आर्जन गरेको ज्ञान, सीप र प्रविधिलाई नेपालमा भित्र्याउने प्रतिबद्धताका साथ गैरआवासीय नेपाली संघ ११ औँ युरोप क्षेत्रीय बैठक तथा महिला सम्मेलन सोमबार लक्जेम्बर्गमा सम्पन्न भएको छ।

दुई दिनसम्म ( जुलाई २९ र ३०) चलेको बैठकले समेत १५ बुँदे लक्जेम्बर्ग घोषणापत्र जारी गरेको छ। बैठकले सरकारले हालै घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै सो अभियानलाई सफल बनाउन अत्याधिक पर्यटकहरु भित्र्याउन युरोपस्थित नेपाली दूतावासहरु तथा नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिहरुसँग समन्वय गर्ने प्रतिबद्धता जनाएको छ।

बैठकमा लाप्राक नमुना वस्ती, शंखमूल पार्क, जानकी मन्दिर परिसरमा लाईटिङ जडान, उज्यालो नेपाल, पत्रकार महासंघ केन्द्रिय कार्यालयमा पुस्तकालय स्थापना लगायतका परियोजनाहरु आगामी अक्टोबरभित्र सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरिएको छ।

यस्तै नेपालको बढ्दो बेरोजगारी अन्त्य गर्न सहकार्य गर्ने, नेपाली महिलाको लागि गत वर्षदेखि जारी सीप विकास तालिमलाई निरन्तरता दिने निर्णय समेत बैठकले गरेको छ। यस्तै पछिल्लो समय युरोप क्षेत्रमा बढ्दै गएको मानव तस्करी रोक्न गैर आवासीय नेपाली संघ सरकारसँग सहकार्य गरेर अघि बढ्ने, करमुक्ति सम्झौता (डिटिएए) नभएका मुलुकमा सो सम्झौता प्रक्रिया अघि बढाउन सरकारसँग अनुरोध गर्ने प्रतिबद्धता बैठकमा जनाइएको छ। त्यस्तै युरोप क्षेत्रमा बसोबास गर्ने युवा जमात तथा दोस्रो पुस्तालाई गैरआवासीय नेपाली अभियानको मुलधारमा समाहित गर्दै नेपालको सर्वाङ्गिण विकासमा हातेमालो गर्न सरोकारवाला व्यक्ति तथा निकायहरुलाई अनुरोध गर्नुका साथै गैरआवासीय नेपाली बालबालिकाहरुलाई नेपाली भाषा, लिपि, संस्कार, संस्कृति सिकाउन आवश्यक पहल गर्ने घोषणा समेत बैठकमार्फत गरिएको छ।

यसैगरी आगामी अक्टोबरमा हुने संघको विधान अधिवेशनका लागि छलफल गर्न गैर आवासीय नेपाली संघको विधानबारेको सुझाव विधान संशोधन समिति समक्ष पेश गर्न राष्ट्रिय समितिहरुलाई बैठकमार्फत निर्देशन समेत दिइएको छ।

बैठकको पूर्व सन्ध्यामा प्रवासमा नेपाली भाषा सम्बन्धी साहित्य सन्ध्या तथा काव्य वाचन कार्यक्रमको आयोजना गरिएको थियो। आइतबारबाट औपचारिक रुपमा सुरु कार्यक्रमको उद्घाटन नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गर्नुभएको थियो। बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीसहित पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइशले, सांसदद्वय डा. सूर्य पाठक, रामकुमारी झार्की, पूर्व मन्त्री हिसिला यमी, बेल्जीयमका लागि नेपाली राजदूत लोक बहादुर थापा, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, संरक्षक जीवा लामिछाने, संस्थापक रामप्रताप थापा, जापान, अमेरिका, हंगकंग र युरोपका २८ देशबाट करिब ४ सय प्रतिनिधिहरु सहभागी भएका थिए।

आइतबार नै विभिन्न विषयमा प्यानल छलफल तथा युरोपेली क्षेत्रका विभिन्न विषयमा विज्ञता हाशिल गरेका व्यक्तित्वहरुसँग छलफल समेत गरिएको थियो ।

 

 

 

लक्जेम्बर्गमा सम्पन्न एघारौँ युरोपीय बैठकपछि जारी विज्ञप्तिको पूर्णपाठ

गैरआवासीय नेपाली संघको ११ औं युरोपीय क्षेत्रीय बैठक तथा ९ वौं युरोपीय महिला बैठक २९ र ३० जुलाई, २०१८ मा लग्जेम्बर्गमा भव्यताका साथ सम्पन्न भयो । नेपाल सरकारका परराष्ट्रमन्त्री माननीय प्रदिप ज्ञवाली, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइशले, संघीय संसदका माननीय सांसदद्वय रामकुमारी झाक्री र डा. सूर्य पाठक, पूर्व मन्त्री हिसिला यमी, बेल्जियम नेदरल्याण्ड र लग्जेम्बर्गका लागि नेपाली राजदुत महामहिम लोक बहारदुर थापा, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, संरक्षक जीवा लामिछाने, संरक्षक रामप्रताप थापा, अन्तराष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु, एसिया, अमेरिका, मध्यपूर्व र युरोपका २८ देशबाट करिब चार सय प्रतिनिधिहरुको उपस्थिति र युरोप संयोजक शिब कुमार बरुवालको संयोजकत्वमा सम्पन्न भयो । बैठकको सफलताका लागि लग्जेम्बर्गका प्रधानमन्त्री जाभियर बेटेलले भिडियो सन्देश तथा प्रमुख संरक्षक डा उपेन्द्र महतोले लिखित सन्देश पठाउनु भएको थियो । उक्त बैठकका निष्कर्षहरु निम्नानुसार छन् ।

१. नयाँ संविधानले गैर आवासीय नेपालीका लागि आर्थिक, सामाजिक र सांस्कृति अघिकार उपभोग गर्न पाउने गरी गैर आवासीय नागरिकता प्रदान गर्ने व्यवस्था गरेपनि कार्यान्वयनमा अझै आउन सकेको छैन । आगामी आश्विन महिना सम्म कानून बनाई प्राप्त संबैधानिक अधिकारको पूर्ण उपभोगको लागि तत्काल स्पष्ट कानुन निर्माणगरी जारी गर्न यो बैठक नेपाल सरकार समक्ष जोडदार अनुरोध गर्दछ । वैठकमा सहभागी माननीय मन्त्रीज्यू तथा संघीय संसदका माननीयज्यूहरुबाट यस विषयमा प्राप्त आश्वासन र सदासयता प्रति हार्दिक आभार प्रकट गर्दै नागरिकता सम्बन्धी प्राप्त उपलब्धीलाई संस्थागत गर्न र थप अधिकारका लागि पहल जारी राख्ने निर्णय गरिन्छ ।

२. नेपाल सरकारको सहकार्यमा गैरआवासीय नेपाली संघले अक्टोवर १२-१४, २०१८ मा काठमाडौंमा आयोजना हुने पहिलो विश्व विज्ञ सम्मेलन First NRN Global Knowledge Convention को पूर्वतयारी स्वरुप यस बैठकमा शिप ज्ञान र नवप्रवर्धन ‘Skill, Knowledge and Innovation’ सत्रको आयोजना गरियो । यसमा शिक्षा, स्वास्थ्य, कृषि, फोहोर व्यवस्थापन लगायतका विषयमा कार्यपत्रहरु प्रस्तुत भए । विश्व विज्ञ सम्मेलन सफल पार्न युरोपका सबै राष्ट्रिय समन्वय परिषदहरुलाई यस बैठक आग्रह गर्दछ ।

३. नेपालको बढ्दो बेरोजगारी समस्यको अन्त्य गर्न गैर आवासीय नेपाली संघको सहकार्यमा प्राबिधिक शिक्षा प्रणाली (भोकेशनल शिक्षा) लागु गर्न प्रस्ताव गर्दै सरकारसंग यसमा आवश्यक सहकार्य गर्ने यो बैठक निर्णय गर्दछ ।

४. गैरआवासीय नेपाली संघ महिला फोरमले हालसम्म गरेका कार्यको प्रसंशा गर्दै महिलाहरुको उद्यमशिलता विकास तथा लगानी अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने र महिलाहरुलाई लगानीका क्षेत्रमा अघि बढाउनुपर्ने निर्णय गरिन्छ । गैर आवासीय नेपाली संघ महिला फोरमको सक्रियतामा नेपालमा गत वर्षबाट शुरु भएको सिप विकास तालिमलाई निरन्तरता दिने निर्णय गरिएको छ । गैरआवासीय नेपाली अभियानमा महिलाहरुको सहभागिता बढाउने अभिप्रायले हरेक राष्ट्रिय परिषदमा यथासम्भव महिला सहभागिताको सुनिश्चितता गराउन आग्रह गर्ने निर्णय गरिन्छ ।

५. नेपाल सरकारले हालसम्म नर्वे, थाइल्यान्ड, श्रीलंका, मौरिसस, अष्ट्रिया, पाकिस्तान, चीन, कोरिया, कतार र भारतसंग दोहोरो करमुक्ति सम्झौता सम्पन्न गरेको छ । लगानीकर्ताको लगानीको सुरक्षाका निम्ति अनिवार्य शर्तको रुपमा रहने करमुक्ति सम्झौता (डिटिएए) नभएका मुलुकबाट ठूलो लगानी आउन नसकेको निष्कर्ष सहित अन्य देशहरुमा समेत सम्झौता प्रक्रिया अघि बढाउन सरकारसंग अनुरोध गर्ने निर्णय गरिन्छ । यसले गैर आवासीय नेपाली र विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने बैठकको ठहर छ ।

६. गैरआवासीय नेपाली संघद्वारा संचालित लाप्राक नमुना वस्ती, कार्यालय भवन, शंखमूल पार्क, जानकी मन्दीर परिसरमा लाईटिङ जडान, उज्यालो नेपाल, पत्रकार महासंघ केन्द्रिय कार्यालयमा पुस्तकालय स्थापना लगायतका परियोजनाहरु आगामी अक्टुवरभित्र सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गर्दछ । यसै वर्ष बेलायतमा औपचारिक रुपमा घोषणा गरिएको नेपालमा १० अर्ब लगानी सुनिश्चित गर्ने कार्यक्रम तत्काल अघि बढाउन यो बैठक पुन प्रतिबद्धता जाहेर गर्दछ ।

७. नेपालमा बार्षिक २० लाख पर्यटक भित्र्याउने उद्देश्य सहित नेपाल सरकारले हालै घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ कार्यक्रमप्रति ऐक्यवध्दता जनाउँदै सो अभियानलाई सफल बनाउन अत्याधिक पर्यटकहरु भित्र्याउन युरोपस्थित नेपाली दूतावासहरु तथा नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिहरुसंग समन्वय गर्न युरोपका सबै राष्ट्रिय परिषदहरुलाई अनुरोध गर्दछ । यो अभियानलाई सफल बनाउन नेपाल बायुसेवा निगमको हवाइ सेवा युरोप क्षेत्रमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरिन्छ ।

८. युरोप क्षेत्रमा बढ्दै गएको मानव तस्करी रोक्न गैर आवासीय नेपाली संघ सरकारसंग सहकार्य गरेर अघि बढ्ने निर्णय गर्दछ । त्यसका लागि आवश्यकता अनुसार कानुनी व्यवस्थाका लागि सरकारसंग आग्रह गर्ने निर्णय गर्दछ ।

९ गैरआवासीय नेपालीहरुको उपस्थिति र समस्याहरु बढ्दै गइरहेको पोर्चुगल, इटाली लगायतका देशहरुमा नेपाली दुतावास राख्नु पर्ने महशुश बैठकले गरेको छ र नेपाल सरकारलाई यस तर्फ यथाशीघ्र आवश्यक कदम चाल्न अनुरोध गर्दछ ।

१०. युरोप क्षेत्रमा बसोबास गर्ने युवा जमात तथा दोस्रो पुस्तालाई गैर आवासीय नेपाली अभियानको मुलधारमा समाहित गर्दै नेपालको सर्वाङ्गीण विकासमा हातेमालो गर्न सरोकारवाला व्यक्ति तथा निकायहरुलाई अनुरोध गर्ने निर्णय गरिन्छ । साथै युरोप क्षेत्रका गैर आवासीय नेपाली बालबालिकाहरुलाई नेपाली भाषा, लिपि, संस्कार, संस्कृति सिकाउने कार्य गर्न यो बैठक अपील गर्दछ ।

११. गैर आवासीय नेपाली संघको आगामी अक्टुवरमा हुने संघको विधान अधिवेशनमा प्रस्तुत हुने विधान संशोधनको प्रस्ताव माथि छलफल भयो । प्रस्तावित संशोधनमा अगस्त ३० तारिख भित्र सुझाव तथा सल्लाह पेश गर्न सम्पूर्ण राष्ट्रिय समन्वय परिषदहरुलाई अनुरोध गरिन्छ ।

१२. नेपालको बिद्यमान निर्बाहमुखी कृषी प्रणालीलाई ब्यबसायिकीकरण तथा औद्योगीकरण गरी ‘सम्बृद्धीको आधार कृषि कृषि अभियानमा गैरआवासीय नेपाली भन्ने भावका आधारमा विदेशमा सिकेका प्रविधि सिप र अनुभव सहित गैरआवासीय नेपालीहरुको कृषि क्षेत्रको समग्र विकासमा सहभागिता बढाउँदै जाने प्रतिवद्धतता प्रकट गर्दछ ।

१३. यस बैठकमा युरोप क्षेत्रमा कृयाशिल २८ राष्ट्रिय समन्वय परिषदहरुको कृयाकलापबारे शुष्म छलफल गरियो । आगामी दिनमा अझै गैर आवासीय नेपालीहरुको हकहितको लागि सामाजिक तथा आर्थिक कृयाकलापलाई बढावा दिदै सम्बन्धित देशका स्थानीय निकाय र सरकारसँग सहकार्य गरी नेपाल र नेपालीका हितमा कार्यहरु गर्न पहल गर्ने निर्णय गर्दछ ।

१४. यस बैठकमा युरोप क्षेत्रमा कृयाशिल २८ राष्ट्रिय समन्वय परिषदहरुको कृयाकलापबारे शुष्म छलफल गरियो । आगामी दिनमा अझै गैर आवासीय नेपालीहरुको हकहितको लागि सामाजिक तथा आर्थिक कृयाकलापलाई बढावा दिदै सम्बन्धित देशका स्थानीय निकाय र सरकारसँग सहकार्य गरी नेपाल र नेपालीका हितमा कार्यहरु गर्न पहल गर्ने निर्णय गर्दछ । आगामी युरोपीय बैठक इटालीमा र त्यस पछिको क्रमश आयरल्याण्ड र फिनल्याण्डमा गर्ने पनि निर्णय गरियो ।

१५. यो बैठक सफलतापूर्वक सम्पन्न गर्न सघाउनुहुने नेपाल सरकार, लग्जम्बर्ग सरकार बेनेलक्सका लागि बेल्जियम स्थित नेपाली दुतावास, सम्पूर्ण एनसिसिहरु, आयोजक राष्ट्र लक्जेम्बर्ग, प्रायोजकहरु, स्वयमसेवी, पत्रकार, कलाकार लगायत सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

भूषण घिमिरे

प्रवक्ता

गैरआवासीय नेपाली संघ

अन्तराष्ट्रिय समन्वय परिषद

लक्जेम्बर्ग, ३० जुलाई, २०१८








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad