४ वैशाख २०८१ मंगलबार
राजनीति

धादिङमा सरकारविरुद्ध काँग्रेसको प्रदर्शन

नेपाली काँग्रेस धादिङले धादिङबेसीमा आयोजना गरेको आन्दोलन कार्यक्रममा सहभागीहरू।   तस्बिरः नागरिक

धादिङ – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस धादिङले सरकार विरुद्ध प्रदर्शन गरेको छ। काँग्रेसले सरकारको अधिनायकवादी एवं जनविरोधी क्रियाकलापका विरुद्ध शान्तिपूर्ण आन्दोलन गरेको बताएको छ।

संघीय सरकार तथा प्रदेश सरकारहरु निर्वाचित भएर आएपछि सम्पूर्ण जनताको प्रतिनिधित्व गर्दै लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार अगाडि बढ्नुको सट्टा कानुनी शासनको खिल्ली अडाउँदै आएको भन्दै सरकार विरुद्ध उत्रिएको नेपाली काँग्रेस धादिङले जनाएको छ।

नेपाली काँग्रेसका सभापति प्रधानमन्त्री भएका बेला विधिसम्मत तरिकाबाट गरिएका नियुक्तिहरूलाई गैरकानुनी तरिकाबाट खारेज गरिएकोमा काँग्रेसले आपत्ति जनाएका छन्। तत्कालीन सरकारले ७० वर्षबाट घटाई ६५ वर्षमा वृद्धभत्ता दिने निर्णय गर्नुका साथै मृगौला, स्पाइनल, इन्जुरी, क्यान्सर तथा मुटु रोगका बिरामीलाई मासिक ५ हजार जीविकोपार्जन भत्ता दिने व्यवस्था गरेकोमा सरकारले त्यसलाई बेवास्ता गरेको काँग्रेसले आरोप लगाएको छ।

भूकम्प पीडितलाई थप गरिएको १ लाख, बढेको मूल्यवृद्धि र वृद्धभत्ताका विरुद्धमा आन्दोलनमा उत्रिएको नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले बताए। धादिङबेसीको पुछारबजारबाट सुरु भएको र्याली, शान्तबजार, बीचबजार हुँदै जिल्ला प्रशासन कार्यालयको बाटो हुँदै सिरानबजार गई बीचबजारमा पुगेर कोण सभामा परिणत भएको थियो। 

 

प्रकाशित: १५ श्रावण २०७५ १०:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App