८ वैशाख २०८१ शनिबार
राजनीति

काँग्रेसद्वारा कालिकोटमा प्रर्दशन

कालिकोट – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मंगलबार सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने कार्यक्रमअन्र्तगत कालिकोटमा पनि प्रर्दशन गरेको छ।

नेकपा नेतृत्वको सरकार अधिनायकताको बाटोमा अग्रसर भएको भन्दै काँग्रेसले कालिकोटमा विरोध प्रदर्शन गरेको काँग्रेस जिल्ला सहसचिव दमन शाहीले जानकारी दिए। सरकार लोकतान्त्रिक मूल्य मान्यता विपरीत हिँडेकाले त्यसको रक्षा गर्न काँग्रेस आन्दोलित हुनु परेको नेता शाहीले सुनाए।

सरकार संघीय व्यवस्थाको भावना विपरीत अधिकारको केन्द्रीकरण गर्ने र जनतालाई धोका दिने काममा लागेको काँग्रेसको आरोप छ। शक्ति पृथकीकरणको सिद्धान्तलाई खिल्ली उडाउँदै स्वतन्त्र न्यायालयप्रति आक्रामक रूपमा प्रस्तुत हुने गरेकोले काँग्रेस चुप लागेर नबस्ने जिल्ला सभापति हर्षबहादुर बमले बताए। 

संवैधानिक निकायलाई कार्यकारीको छाँयामा राख्ने, सरकार र पार्टी एकैजस्तो गरेर सञ्चाल नगर्ने, कर्मचारीतन्त्र तथा सुरक्षा निकायहरूलाई व्यवसायिक रूपमा सञ्चालन गर्नुको सट्टा पार्टी प्रतिको प्रतिवद्धताका आधारमा चलाउने प्रवृत्ति बढेकाले आन्दोलित हुन परेको सभापति बमले बताए। प्रर्दशनमा तरूण दल, नेविसंघ र महिला संघलगायतका भातृ संगठनको सहभागिता रहेको थियो। 

प्रकाशित: १५ श्रावण २०७५ ०८:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App