coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खीर खाएर साउन १५ मनाइदैं

काठमाडाैं -  आज साउने १५ पर्व मनाइँदै छ। साउन १५ मा राेपार्इ सकेर खीर खाने चलन छ।

किसानहरुले साउन १५ लार्इ विशेष खीर खाने दिनका रुपमा मनाउने गरेका छन्। पहिले ग्रामिण क्षेत्रमा बढी मनाइने खीर खाने चलन पछिल्लाे समय सहरी क्षेत्रमा पनि मनाउने प्रचलन बढ्दाे छ। धान रोपाईँ सकेकाे खुसीयाली स्वरूप कृषकहरूले वर्षाैंदेखि खीर खाने पर्व मनाउँदै अाएका छन्।

नेपाली समाजमा असार १५ मा दही चिउरा र साउन १५ मा खीर खाने चलन छ। परापूर्वककालदेखि नै पुर्खाहरूले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएको पाइन्छ। बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले खीर खाने परम्परा विकास भएको संस्कृतिविद्हरु बताउँछन्।

साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्छन्। कृषिजन्य उत्पादन मानिने दूध र चामल मिश्रित खीर अनि त्यससँग मात्राअनुसार मिसाइने चिनी वा मिश्रीको सम्मिश्रणबाट तयार हुने खीर मुख मिठ्याउने मात्र नभएर शरीर स्वस्थ राख्न उपयुक्त भोजन रहेको विज्ञहरुको भनाई छ। साथै गर्मी महिनामा शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुँदा रोग प्रतिरोधात्मक शक्ति बढाउन पनि दूध तथा दूधबाट बनेका परिकारहरू  खाने चलन छ।

प्रकाशित: १५ श्रावण २०७५ ०५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App