८ वैशाख २०८१ शनिबार
समाज

परीक्षाफल प्रकाशित

काठमाडौं- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशात्र संकायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको इतिहास विषय 'सोधपत्रबाहेक'को परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ। 

यस्तै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशात्र संकायतर्फ 'खरीपाटी' स्नातक तह तीन वर्षे बीए दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ। 

यसैगरी त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन संकायतर्फ २०७२ साल साउनमा भर्ना भएका एलएलबी प्रथम वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

उक्त परीक्षाहरुको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np तथा www.educationkhabar.com मा हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ नम्बरमा डायल गरी तथा ४९४९ मा म्यासेज गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । रासस 

प्रकाशित: २६ भाद्र २०७३ १३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App