८ वैशाख २०८१ शनिबार
खेल

उसु टोली मकाउ जाने

काठमाडौं – प्रथम विश्वविश्वविद्यालय उसु च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार मकाउ प्रस्थान गर्ने भएको छ।

  मकाउस्थित पोलिटेक्निक इन्स्टिच्युट मल्टी स्पोर्ट्स पेभिलियनमा बुधबारदेखि शनिबारसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। तीनै खेलाडीले थाउलो स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। नेपालका तर्फबाट अशोक बुढा मगरले पुरुष नान् छ्वान र नान् गुनमा प्रतिस्पर्धा गर्नेछन् भने महिलामा १२औं दक्षिण एसियाली खेलकुद (साग) की रजतधारी सविता राईले ताइची छ्वान र ताइची छेन तथा ओसिन राईले जेन सु र चेन सुमा आआफ्नो कौशल प्रदर्शन गर्नेछन्। 

अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ र मकाउ विश्वविद्यालय खेलकुद संघको संयुक्त आयोजनामा हुने प्रतियोगितामा ३५ राष्ट्रको सहभागिता रहनेछ।

प्रकाशित: १५ श्रावण २०७५ ०५:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App