coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

उपराष्ट्रपति कपको उपाधिका लागि एपिएफ र आर्मी भिड्दै

काठमाडौं – उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि मंगलबार दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिड्दै छन्। 

खेल सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को खेल मैदानमा दिउँसो हुनेछ। समान तीन–तीन खेल खेलका दुवै टिम अपराजित छन्। 

अघिल्ला तीन खेलमा दुवै टोलीले नेपाल पुलिस क्लब, काठमाडौं फुटबल संघ र रौतहट फुटबल संघलाई पराजित गरेका थिए। दुई खेलमा जित हात पारेको रौतहट ६ अंकका साथ लिगको तेस्रो स्थानमा छ। 

उपाधि विजेताले २ लाख, उपविजेताले १ लाख तथा तेस्रो हुने टिमले ५० हजार पुरस्कार प्राप्त गर्नेछ। लिगको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकलाई जनही १० हजार पुरस्कार प्रदान गरिनेछ। 

यही साउन ६ गतेदेखि शुरु भएको प्रतियोगितामा एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, काठमाडौं फुटबल संघ र रौतहट फुटबल संघको टिमको सहभागिता छ। प्रतियोगिता तयारीका लागि एन्फाले प्रत्येक टोलीलाई ५० हजार उपलब्ध गराएको थियो। 

प्रकाशित: १५ श्रावण २०७५ ०४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App