७ वैशाख २०८१ शुक्रबार
राजनीति

साझा अध्यक्षविरुद्ध कर्मचारी आन्दोलित

काठमाडौं – सरकारी स्वामित्वको साझा प्रकाशनका पूर्वकर्मचारीहरु अध्यक्ष डोलिन्द्रप्रसाद शर्माविरुद्ध आन्दोलित भएका छन्। स्वेच्छिक अवकाश, उमेर हद पुगेका तथा राजीनामा दिई सेवा निवृत्त भएका कर्मचारीहरुले आफूले पाउनुपर्ने सेवा सुविधा नपाएपछि कर्मचारीहरु आन्दोलित भएका हुन्।

शर्माले माग पूरा नगरेको भन्दै गत असार ३२ गतेदेखि कर्मचारीहरु शर्माविरुद्ध आन्दोलित भएका हुन्। गत वैशाख २० गते शर्माले लिखित प्रतिबद्धता व्यक्त गर्दै असार मसान्त सम्ममा सबै उपदान दिन नसके साउन १ गतेदेखि अवकाश प्राप्त कर्मचारीलाई पुर्नबहाली गर्ने प्रतिबद्धता जनाएका थिए। प्रतिबद्धता पूरा नगरेपछि अवकाशप्राप्त कर्मचारीले शर्माको कार्यकक्षमा घेर्ने र नाराबाजी गर्ने गरेका छन्।

आफैंले गरेका प्रतिबद्धता पूरा गर्न नसकेपछि हाल शर्मा प्रहरी सुरक्षामा बस्ने गरेको साझाका एक कर्मचारीले जानकारी दिए। ‘शर्माले अवकाश प्राप्त कर्मचारीसँग गरेका प्रतिबद्धता पूरा नगरेपछि कर्मचारीहरु आन्दोलित भएका छन्, शर्मा गत असार ३२ देखि प्रहरीको सुरक्षा घेराभित्र बस्ने गरका छन्,’ ती कर्मचारीले भने। साझा प्रकाशनमा आर्थिक अनियमितता गरेको आरोपमा शर्मालाई गत वर्ष शिक्षा मन्त्रालयले वर्खास्त गरेको थियो। सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएपछि उनी पुनः साझामा फर्किएका हुन्।

प्रकाशित: १५ श्रावण २०७५ ०३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App