केन्द्रमा कर्मचारी फालाफाल, स्थानीय तहमा अभाव

मङ्गलबार, १५ साउन २०७५, ०८ : ४४ अर्जुन सुवेदी  | @arjundristi

काठमाडौं - संघीय सरकारका मन्त्रालय र माताहतका निकायले आवश्यकताभन्दा बढी कर्मचारी राखेपछि जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहमा कर्मचारी अभाव भएको छ। सरकारले मन्त्रालयको संख्या घटाए पनि मन्त्रालयहरूले आफ्नो भूमिका र संगठन ठूलो देखाउन अनावश्यक विभाग, महाशाखा र माताहतका निकाय नघटाएपछि केन्द्रमा आवश्यकताभन्दा बढी कर्मचारी थुप्रिने र जनतालाई दैनिक सेवा प्रवाह गर्नुपर्ने स्थानीय तहहरू कर्मचारीविहीन बन्ने समस्या देखिएको हो।

संघीयतामा गैसकेपछि केन्द्रिय सरकारअन्र्तगत बढीमा २५ हजारभन्दा कर्मचारी आवश्यक नपर्ने भए पनि मन्त्रालयको संख्या घटेसँगै सरकारले हालै गरेको अस्थायी संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार संघीय सरकार अन्र्तगत कर्मचारीको दरबन्दी ४५ हजार पु-याइएको छ। त्यसैगरि १५ हजारभन्दा बढी कर्मचारी आवश्यक नपर्ने प्रदेश सरकारको दरबन्दी बढाएर २१ हजार पु-याइएको छ। संघीय सरकार र प्रदेश सरकारमा आवश्यकताभन्दा बढी कर्मचारीहरू थुपारेसँगै स्थानीय तहमा झन्डै २० हजारको हाराहारीमा कर्मचारी अपुग हुने भएको छ।

संघीय सरकार र प्रदेश सरकारमा आवश्यकताभन्दा बढी कर्मचारीहरू थुपारेसँगै स्थानीय तहमा झन्डै २० हजारको हाराहारीमा कर्मचारी अपुग हुने भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले स्थानीय तहमा झन्डै २० हजार कर्मचारी अपुग हुने बताए। उनका अनुसार स्थानीय तहमा पनि जनतासँग प्रत्यक्षरूपमा जोडिने वडा कार्यालयका लागि नायब सुब्बा र खरिदारको अभाव भएको छ। त्यसका अतिरिक्त प्राविधिक जनशक्ति सबै केन्द्र र प्रदेशमा बसेपछि स्थानीय तहमा प्राविधिक जनशक्तिसमेत अपुग हुने भएका छन्। ‘स्थानीय तहअन्र्तगत पनि वडा कार्यालयमा झण्डै ६/७ हजार नासु र खरिदार अपुग देखिएको छ,’ उनले भने।

संघीयता लागू भएसँगै केन्द्रमा रहेको सवै अधिकार स्थानीय तह र प्रदेशमा गए पनि कतिपय मन्त्रालयका उच्च अधिकारीको आफ्नो मन्त्रालयलाई बलियो र ठूलो देखाउन अनावश्यक दरबन्दी केन्द्रमा राख्दा स्थानीय तहमा दरबन्दी अपुग भएको हो। ‘अधिकार तल दिइए पनि केन्द्रीकृत शासनको धङ्धङी हट्न सकेन, तल धेरै दरबन्दी राख्दा आफंैलाई जानपर्ने हो कि भन्ने स्वार्थले उच्च पदाधिकारीकै मिलेमतोमा सबैजसो मन्त्रालयमा आवश्यकताभन्दा बढी दरबन्दी राखियो,’ नाम नवताउने सर्तमा एक कर्मचारीले भने, ‘काम तल दिने मान्छे केन्द्रमा थुपार्ने काम भएको छ । यसले सेवाप्रवाहलाई हानी गर्छ।’ केन्द्रमा रहेका सबै अधिकार स्थानीय तहमा जाने, जिल्लास्थित कार्यालय खारेज हुने, मन्त्रालय मर्ज भएसँगै केन्द्रीय सरकारमा ठूलो संख्यामा कर्मचारीको संख्या घटनु पर्ने भए पनि धेरै मन्त्रालयको दरबन्दी त्यति हटेको छैन। जिल्लास्थित कार्यालय खारेज, मन्त्रालय मर्जर र सेवा केन्द्रसमेत स्थानीय तहअन्र्तगत गए पनि मन्त्रालयको दरबन्दी औसत २१ प्रतिशतभन्दा बढी घटन सकेन।

समायोजन सरेको स-र्यै
सरकारले असारदेखि नै केन्द्रीकृत व्यवस्थाअनुसार काम गरिरहेका निजामती कर्मचारीलाई स्थानीय तह, प्रदेश र संघमा समायोजन गर्ने भने पनि कहिले समायोजन हुने भन्ने अझै अनिश्चित बनेको छ। प्रदेश र स्थानीय तहको चुनाव भएलगत्तै निजामती कर्मचारीलाई प्रदेश र स्थानीय तहमा समायोजन गर्नुपर्ने भए पनि केन्द्र नछाड्ने कर्मचारीको सोचमै सहयोग पुग्नेगरी समायोजनमा समेत ढिलाइ भएको छ।

मन्त्रालयका सहसचिव सुरेश अधिकारीले स्थानीय तहमा दरबन्दी कम भएको भन्ने गुनासो आएपछि सरकारले केही दिनअघि मात्रै दरबन्दी थप्नुपर्ने भए विवरण पठाउन भन्दै सुझाव मागिएकाले अब त्यसैअनुसार स्थायी संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर समायोजन अघि बढाइने बताए। ‘समायोजन भएर स्थानीय तह र प्रदेशमा जाने कर्मचारीलाई के होला कसो होला भन्ने देखिएको छ,’ उनले नागरिकसँग भने, ‘त्यसलाई सम्बोधन गरेर संघीय निजामती सेवा ऐन आएपछि समायोजनका लागि सहज हुन्छ।’ हालका निजामती कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि सरकारले समायोजन ऐन २०७४ जारी गरिसकेको छ। उनले कर्मचारी समायोजन गर्दा सबैभन्दा पहिलो प्राथमिकता स्थानीय तह त्यसमा पनि वडा हुने बताए।








यसमा तपाईको मत

अन्य समाचार

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

एनसेलको दशैं अफर

एनसेलको दशैं अफर

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । ...

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

रेमिट कम्पनी वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने...

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकले एकै दिन सात शाखा उद्घाटन गरेको छ । ...

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघुबैंकिङ कार्यालय बूढीबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग...

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड मोटर कम्पनी र महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले संयुक्त रुपमा काम गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् । ...

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए५०एस प्रस्तुत गरेको छ। नयाँ ग्योलेक्सी ए५०एसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु समेटिएको...

Ncell Footer Ad