coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सुष्माको ‘माया पिरती लाउन’

काठमाडौं– नवोदित गायिका सुष्मा तामाङको पहिलो गीत ‘माया पिरती लाउन’ को भिडियो सार्वजनिक भएको छ । राजधानीमा हालै एक कार्यक्रममार्फत भिडियो सार्वजनिक गरिएको हो।

गायिका सुष्माकै शब्द रहेको गीतमा सन्तोष सुब्बाको संगीत छ । दिलिप ओखेडाले निर्देशन गरेको भिडियोमा गायिका सुस्मा  र निर्देशक दीलिपले अभिनय गरेका छन् । पेमा तामाङ निर्माता रहेको भिडियोमा रामेश्वर कार्कीको छायांकन छ ।
१० कक्षामा अध्ययनरत गायिका सुष्माले आफूलाई सानैदेखि गायिका बन्ने चाहना भएकाले अहिले आएर त्यो इच्छा पुरा गरेको बताइन् ।

कार्यक्रममा फिल्म निर्देशक ऋषि लामिछानेले सुष्माजस्ता नवप्रतिभाले नेपाली गीतसंगीतको क्षेत्रलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।बलिउड मोसन डान्स फिल्मको प्रस्तुति रहेको भिडियोलाई गीतको भावअनुसार सुन्दर बनाउने प्रयास गरिएको निर्देशक तथा मोडल दिलिपले बताए ।
 

प्रकाशित: १५ श्रावण २०७५ ०१:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App