coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘छक्का पञ्जा’को पहिलो नम्बरमा


काठमाडौं – आगामी दशैंमा रिलिजको तयारीमा रहेको फिल्म ‘छक्का पञ्जा ३’ को पहिलो गीत ‘पहिलो नम्बरमा’ सार्वजनिक गरिएको छ । राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतमा डेविड शंकर र बिन्दु परियारको स्वर छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ।

गीतमा फिल्मका कलाकार दीपकराज गिरी, दीपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, संजोग कोइराला, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, बुद्धि तामाङसहित फिल्मकी निर्देशक दीपाश्री निरौलाले अभिनय गरेका छन् ।
फिल्मका निर्मातामध्येका एक दीपकराजले गीतमा अघिल्लो फिल्मभन्दा केहि फरक गर्ने कोशिस गरेको बताए । ‘यो डान्सिङ नम्बर हो । यसैले पनि गीतलाई लिएर निकै उत्साहित छौ,’उनले भने,‘ यो गीत फिल्ममा पनि कथा अनुसार नै आउने हो।’

निर्देशक दीपाश्री निरौलाले फिल्मको पहिलो गीत खास हुनुपर्ने भएकाले त्यसै अनुसार सार्वजनिक गरेको बताइन् । ‘गीतमा हामी सबै छौ र यसलाई नचाउने गीतको रुपमा तयार गरेका छौ । अघिल्ला फिल्मको सिकाइले यसमा आफूलाई अझै परिस्कृत गर्ने प्रयास गरेका छौ ’ उनले भनिन्।

फिल्ममा शिशिर राणा, शिशिर वाङदेल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्टलगायतको पनि अभिनय छ । फिल्ममा जितु नेपाल, केदार घिमिरे, सुमन गिरी ‘भान्जा’ र ताराचन्द्र बजगाईं ‘निशान’ निर्माता छन् ।
आमा सरस्वती मुभिजको प्रस्तुति रहेको फिल्मको निर्माणमा आइएमईले पनि सहकार्य गरेको छ । फिल्ममा दीपकराजको कथा, दीपक, केदार, जितु र यमन श्रेष्ठको संवाद, दीपक शर्मा र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, कविराज गहतराज र प्रविन सिंहको नृत्य, पुरुषोत्तम प्रधानको छायांकन छ ।

 

प्रकाशित: १५ श्रावण २०७५ ०१:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App