काठमाडौं-सहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले २५ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन्। मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा मन्त्री केसीले माताहतका कर्मचारीलाई कार्ययोजना अनुसार काम अगाडी बढाउन निर्देशन दिँदै आफूले गर्ने कामको कार्यतालिका सार्वजनिक गरेका हुन्।
कार्ययोजना सार्वजनिक गर्दै मन्त्री केसीले मन्त्रालयको पुँजिगत खर्च तर्फ आर्थिक वर्षको ११ महिनासम्म २८ प्रतिशत मात्र खर्च हुने र अन्तिम एक महिनामा भने एकैपटक ९५ प्रतिशत खर्च हुने अवस्थामा सुधार गर्ने बताए।
‘जेठ मसान्तसम्ममा मुस्किलले पुँजीगत खर्च २८ प्रतिशत हाराहारीमा हुन्छ,’ उनले भने, ‘तर असार एक महिनाभित्रमा खर्चको रफ्तार बढेर ९५ प्रतिशत पुग्छ कसरी ? अब यो अवस्थामा सुधार आउँछ।’ उनले पुँजिगत खर्चको अवस्थालाई सुधार गर्दै जेठ मसान्तसम्ममा ६० प्रतिशतभन्दा माथि पुर्याउने बताए।
मन्त्री केसीले तीनदेखि एक महिनाभित्र कार्ययोजना पेश गर्न दिएको २५ बुँदे निर्देशनमा राष्ट्रिय भवन संहिता प्रभावकारी कार्यान्वयनका लागि तत्कालै कार्ययोजना तर्जुमा गर्ने, राष्ट्रको समग्र शहरी विकासको संरचना, विकास र लगानी संघीय संरचना समेतलाई केन्द्रीतगरी राष्ट्रिय शहरी विकास रणनीति तय गर्ने लगायतका छन् ।
यस्तो छ मन्त्रीको २५ बुँदे कार्ययोजना
प्रकाशित: २६ भाद्र २०७३ १३:१२ आइतबार