८ वैशाख २०८१ शनिबार
अर्थ

सेञ्चुरी कमर्सियल बैंकका तीन शाखा थपिए

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले थप तीनवटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले चितवनको टाँडी, महोत्तरी जिल्लाको बर्दिबास र धनुषा जिल्लाको बिरेन्द्रबजारमा शाखा खोलेको हो।

नयाँ शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेको बैंकले जनाएको छ ।उद्घाटन कार्यक्रममा सञ्चालक, प्रमुख कार्यकारी अधिकृत  तुलसीराम गौतम, स्थानीय जनप्रतिनिधि, स्थानीय व्यवसायी तथा बैंकका वरिष्ठ पदाधिकारी सहभागी रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखा, ६ वटा एक्सटेन्सन काउन्टर, उपत्यकाबाहिर ८३ शाखा र दुइटा एक्सटेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ गरी एक सय १३ स्थानबाट कारोबार गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १५ श्रावण २०७५ ०१:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App