७ वैशाख २०८१ शुक्रबार
समाज

सिक्री निल्नेलाई चोरी मुद्दा

विराटनगर - सुनको सिक्री निल्ने इटहरी २ का सुरजकुमार नेपाल विरुद्ध चोरी मुद्दा दर्ता गरिएको छ। नेपालले निलेको सुनको सिक्री सोमबार दिउँसो दिसामा भेटिएपछि प्रहरीले चोरी मुद्दा दर्ता गरेको हो।

गत शनिबार ग्राहक बनेर विराटनगर ९ स्थित राठी ज्वेलर्समा पुगेका नेपालले सुनको सिक्री निलेका थिए। एक तोलाको सुनको सिक्री निलेर नक्कली सुनको सिक्री फिर्ता गरेपछि ज्वेलर्सका सञ्चालक अरुण राठीले प्रहरीमा उजुरी दिएका थिए। प्रहरीले नेपाललाई तत्कालै पक्राउ गरी चिकित्सकको निगरानीमा राखेको थियो । सिक्री खाएको तीन दिन पछि सोमबार दिउँसो  दिसामा सिक्री भेटिएपछि  चोरी गरेको सवुत प्रमाण प्राप्त भएका कारण नेपाल विरुद्द चोरी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले जानकारी दिए। चोरी मुद्धा अदालतमा दर्ता भइसकेकाले कानुन बमोजिम कार्वाही हुने केसीले बताए। 

प्रकाशित: १४ श्रावण २०७५ ११:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App