coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अनुदानकाे चामल जनताले किन्न मानेनन्

डोल्पा - हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महंगो भएपछि जनताले किन्नै छोडेका छन । दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्यान्नको चामल बितरण गर्ने गरे पनि महंगो हुने भएपछि जनताले किन्नै छोडेका छन। 

जापान सरकारले अनुदानमा दिने गरेको जापानी चामलको मुल्य बजारको चामल भन्दा महंगो भएपछि जनताले खाद्यान्नको जापानी चामल किन्न नमानेका हुन। प्रतिकेजी ६५ रुपैयामा बिक्रि गर्न केन्द्रले मुल्य निर्धारण गरेपछि महंगो भन्दै जनताले किन्न नमानेको नेपाल खाद्यसंस्थान डोल्पा शाखाले जानकारी दिएको छ। 

जिल्लाको दुनै शाखा,सर्मि डिपो र जुफाल डिपोमा आएको ३ हजार ५ सय १५ क्वीन्टल जापानी चामल बिक्रि हुन सेकेको छैन । ०७२/०७३ मा ५० रुपैयाँ प्रतिकेजीमा बिक्रि भएको जापानी चामल यस बर्ष आएर एकै पटक प्रतिकेजीमा १५ रुपैयाँले बृद्धि भइ ६५ रुपैयामा पुगेपछि महंगो भएको भन्दै जनताले किन्न नमानेपछि बिक्रि नभएको नेपाल खाद्य संस्थान डोल्पा शाखाका प्रमुख हरिप्रसाद जोशीले जानकारी दिए। 

स्थानीयले जापानी चामल किन्न नमानेपछि मुल्य समायोजनकालागि जिल्ला समन्य समितिले आपूर्ति मन्त्रालय र नेपाल खाद्य संस्थानमा पत्राचार गरेको जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले बताए।

 

प्रकाशित: १४ श्रावण २०७५ १०:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App