coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्थानिय तहमा बैंक पुगे, काराेबार भएन

आम्चोक गाउँपालिकामा कारोबार रहेको सिद्धार्थ बैंक । तस्विर : एक्सन/नागरिक

भोजपुर - भोजपुरका सबै स्थानिय तहमा बैंक पुगेपनि धेरै जसो स्थानिय तहकाे कारोबार अझै शुरु भएको छैन। जिल्लाका दुई नगरपालिका र ७ वटा स्थानिय तहमा विभिन्न बैंकले शाखा सञ्चालनमा ल्याएका छन। 

आम्चोक गाउँपालिकाको सबै कारोवार सिद्धार्थ बैंक संग भैरहेको सह लेखापाल केशप सोरालीले बताए। गाउँमै बैंकिङ्ग सेवा पाएपछि स्थानियवासिकाे समेत सदरमुकाम धाउनु पर्ने बाध्यता हट्ने अनुमान गरिएपनि धेरै जसाे स्थानीय तहले अझै काराेकार शुरू गरिसकेका छैनन। जिल्लाको ९ वटा स्थानिय तहमध्ये भोजपुर नगरपालिका,षडानन्द नगरपालिका र आम्चोक गाउँपाकिाका बाहेक अन्य ६ वटा स्थानिय तहका नागरिक भने गाउँपालिकाको चेक बोकेर सदरमुकाम धाउन बाध्य भएका थिए । गाउँपालिकामा पुगेका धेरै बैंकले अघिल्लो आर्थिक वर्षमा कारोवार गर्न सकेनन। स्थानिय तहमा बैंक पुगेपनि स्थानिय तहले कारोवार भने अझै थालेका छैनन। गाउँगाउँमा सिंहदरवार भनिएपनि बैंकको चेक साट्न सदरमुकाम नै पुग्नु पर्दा सिंहदरवारको अनुभुति हुन नसकेको ट्याम्केमैयुम ३ अन्नपुर्णका डम्बर राईले बताए।

पौवादुम्मा गाउँपालिकामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक भने गाउँपालिकाको केन्द्रमा स्थापना नभएको भन्दै गाउँपालिकाले कारोवार गर्न मानिरहेको छैन। नेपाल इन्भेष्टमेन्ट बैंक गाउँपालिका भन्दा टाढा तिवारिभञ्जाङ्ग बजारमा स्थापना भएर कारोवार गर्दै आएको छ। गाउँपालिकालाई समेत लक्षित गरि खोलिएको भएपनि कारोवार भने हुन नसकेको हो। उक्त ठाउँमा अर्काे बैंक आउन सक्ने पौवा दुम्मा गाउँपालिकाका अध्यक्ष किरण राईले बताए। चालु आर्थिक वर्षमा भने गाउँपालिकामानै रहेको बैंकसँग कारोवार गर्ने सम्भावना रहेको साल्पासिलोछो गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्रवीण कोइरालाले बताए। 

प्रकाशित: १४ श्रावण २०७५ ०८:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App