६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

एकै परिवारका सातले गरे अात्महत्या

राँची - भारतको झारखण्ड स्थित राँचीमा एकै परिवारका ७ जनाले आत्महत्या गरेका छन्। उनीहरुले एकैसाथ आत्महत्या गरेका हुन। घटनाले राँचीको अरसंडे शोकमा डुबेको छ। आत्महत्या गर्नेमा एक वर्षभन्दा केहि वढी उमेर भएका एक नाबालक र ४/५ वर्षीय बालिका समेत रहेका छन्।

एक जनाको शव झुन्डिएको अवस्थामा भेटिएको र बाँकीको शव विस्तारामा पल्टिरहेको अवस्थामा भेटिएका थिए। प्रारम्भिक जानकारी अनुसार उक्त परिवार ठुलो ऋणमा रहेका कारण आत्महत्या गरेको हुृनसक्ने अनुमान गरिएको छ । घटनाको अनुसन्धान भइरहेको भारतीय प्रहरीले बताएको छ। 

यसअघि भारतकै झारखण्डको हजारीबागमा ऋण तिर्न नसकी एकै परिवारका ६ सदस्यले आत्महत्या गरेका थिए ।  

 

प्रकाशित: १४ श्रावण २०७५ ०८:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App