विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको ज्यान गयो

सोमबार, १४ साउन २०७५, १२ : १८ नागरिक

काठमाडौँ-  चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको ज्यान गएको छ।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ गतेदेखि साउन १२ सम्म डुबेर, आगलागी, डुंगा सवार, बाढी, पहिरो, लेक लाग्नु, चट्याङलगायतका विपद्का घटनाबाट मृत्यु भएको हो।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख शंकरहरि आचार्यका अनुसार यस अवधिमा डुबेर २७२, डुंगा पल्टिएर एक, आगालागीबाट १०, बाढीबाट २८, पहिरोबाट ४३, वर्षातबाट सात, लेक लाग्नुबाट १२, चट्याङबाट ४० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३०९ पुरुष र १४६ महिला रहेका छन्।

यस्तै विपद्का घटनामा परी ७२ जना बेपत्ता हुनुका साथै दुई हजार २३० जना घाइते भएका छन् । साथै, तीन हजार ७७५ घर प्रभावित, २०१ गोठमा क्षति पुगेको छ । यो वर्ष विपद्बाट मात्रा मुलुकमा रु एक अर्ब ९४ करोड ८४ लाख १८ हजार बराबरको क्षति पुगेको मन्त्रालयले जनाएको छ।

गतवर्ष विपद्मा परि देशभर ५९७ जनाको ज्यान गएको थियो । जसमा ३५७ पुरुष र २४० महिला रहेका थिए। रासस







यसमा तपाईको मत

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad