मुम्बई– बलिउडका कलाकारहरू केही न केही विषयमा ट्रोलरको सिकारमा परिरहन्छन् । हालै मात्र नायिका तापसी पन्नू सामाजिक सञ्जालमा ट्रोलरको सिकार बनिन् ।
आफ्नो ट्रोल बनाएपछि तापसीले यस्तो कडा जवाफ दिएकी छन् कि तापसी वा कुनै अन्य सेलिब्रेटीको ट्रोल बनाउनु अघि उसले एकपटक त्यो विषयमा सोच्नेछ ।एक ट्रोलरले ट्विटरमा ‘तापसी पन्नू बलिउडकी सबैभन्दा खराब देखिने नायिका हुन् र म उनलाई फेरि देख्न चाहन्नँ । अझै दुई तीन फिल्म र ...फेरि उनी बलिउडदेखि बाहिर’ भन्दै ट्वीटेका थिए । यो ट्वीट लेखेर ट्रोलरले उत्सव मनाउन नपाउँदै तापसीले कडा जवाफ फर्काएकी थिइन्।
तापसीले ट्वीटरमा ‘तर तीन फिल्म त पहिले नै गरिसकें । ‘मुल्क’, ‘मनमर्जियाँ’ र ‘बदला’ । तिमीलाई दुःखी बनाएकोमा क्षमा चाहान्छु । किनकि मैले अन्य दुई फिल्म पनि साइन गरिसकेकी छु । त्यसकारणले अझै केही समय तिमीले मलाई झेल्नुपर्नेछ’ भन्दै प्रतिउत्तर दिएकी थिइन्।
अर्का ट्रोलरले तापसीलाई नै लक्षित गरेर ‘थाहा नै हुँदैन तापसीको फिल्म कहिले आउँछ र कहिले जान्छ,’ ट्वीटेका थिए । तापसीले अघिल्लो ट्रोलरभन्दा यो ट्रोलरलाई निकै कडा जवाफ फर्काएकी छन् ।‘ मतलब इन्टरटेनमेन्ट त गराइराछु नी हैन मैले । मतलब अभिनेत्रीको काम त भयो नी । आफ्नो टेस्ट ठिक राख्नु भयो भने फिल्म पनि हेर्न पाउनुहुन्छ।’
केहीले ट्वीटरमा तापसीको अभिनयको प्रशंसा गर्दा उनले ट्रोलरलाई दिएको जवाफको पनि तारिफ गरेका छन् । तापसीभन्दा अघि दीपिका पादुकोन, प्रियंका चोपडा, कट्रिना कैफ, आलिया भट्ट र अभिषेक बच्चनलगायतका कलाकार ट्रोलरको सिकार भइसकेका छन् । रमाइलो कुरा के छ भने सेलिब्रेटीको कडा जवाफ पाएर पनि ट्रोलर शान्त बस्न सक्दैनन् । तापसी चाँडै नै ‘मुल्क’ र ‘मनमर्जियाँ’मा देखिँदैछिन् ।
प्रकाशित: १४ श्रावण २०७५ ०४:५० सोमबार