coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जिम्बाब्वेमा अाज निर्वाचन हुँदै , अाफ्नै दलकाे विपक्षमा मुगावे

तस्बिर : एजेन्सी

हरारे– अफ्रिकी देश जिम्बाब्बेमा आज राष्ट्रपति निर्वाचन हुँदैछ ।पूर्वराष्ट्रपति रोबर्ट मुगावेकाे ३७ वर्षकाे शासन अन्त्य भएपछि जिम्बाब्बेमा राष्ट्रपतिकाे निर्वाचन हुन लागेकाे हाे ।

जिम्बाब्वेका पूर्वराष्ट्रपति रोबर्ट मुगावेले राष्ट्रिय निर्वाचनको पूर्वसन्ध्यामा आश्चर्यजनक रूपमा पत्रकार सम्मेलन गरेका थिए।

पत्रकार सम्मेलनमा मुगावेले आफूपछिका राष्ट्रपति एमर्सन नंगाग्वालाई समर्थन नगर्ने प्रष्ट पारेका हुन् । आफूले स्थापना गरेको जानु–पिएफ पार्टीबाट आफूलाई हटाउन भूमिका खेलेका एमर्सन नंगाग्वालाई आफूले निर्वाचनमा सहयोग नगर्ने पूर्व राष्ट्रपति मुगावेले पत्रकार सम्मेलनका क्रममा बताए।

‘जसले मलाई पदबाट हटायो, म उसको पक्षमा मतदान गर्न सक्दिन,’ मुगावेलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ‘नंगाग्वाबाहेक राष्ट्रपति पदको दौडमा रहेका अन्य २२ जनामध्ये एकलाई मैले रोज्ने छु,’ मुगावेले पत्रकार सम्मेलनका क्रममा बताए । मुगावेलाई गत नोभेम्बर महिनामा पदबाट वर्खास्त गरिएपछि जिम्बाब्वेमा सोमबार पहिलो पटक निर्वाचन हुँदैछ ।
मुगावेले के भने ?
जिम्बाब्वेको राजधानी हरारेस्थित आफ्नै निवासमा आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति मुगावेले आफूलाई सैन्य ‘कू’को सहयोगमा पदबाट हटाइएको र आफूले देशमा द्वन्द्व नहोस् भनेर पद छोडेको खुलासा गरेका छन् ।  

आफूले सोमबारको निर्वाचनबाट विपक्षी मुभमेन्ट फर डेमोक्र्याटिक चेन्ज (एमडिसी) का नेता नेल्सन चामिसाले जितुन् भन्ने इच्छा राखेको समेत प्रष्ट पारेका छन् । ‘चामिसाले जित भने राम्रो गर्छन जस्तो मलाई लागि रहेको छ । त्यसैले म उनलाई शुभकामना पनि दिन चाहन्छु,’ पत्रकार सम्मेलनका क्रममा मुगावेले बताए।

राष्ट्रपति रहँदा देशको नेतृत्व आफ्नो पत्नी ग्रेसलाई हस्तान्तरण गर्न लागेको भन्ने आरोपको पनि मुगावेले अस्वीकार गरेका छन् । ग्रेसलाई नेतृत्व सुम्पिने तयारी गरेको भन्ने भनाई विना अर्थको भएको भन्दै पूर्व रक्षामन्त्री सिड्नी सेकेरामायीलाई नेतृत्व सुम्पिन खोजेको मुगावेले खुलासा गरेका छन्।

बिबिसीका फेर्गल केनले चामिसाले जिम्बाब्वेको शक्ति हातमा लिएको हेर्न चाहनुहुन्छ भनेर सोधेको प्रश्नमा मुगावेले उनीमात्रै योग्य उम्मेदवार रहेको बताए । ‘भोलीको निर्वाचनले सैन्य सरकारलाई फ्याँक्ने छ र देशमा संविधानको पुर्नबहाली हुनेछ भन्ने मैले आशा गरेको छु,’ मुगावेले बताए।

‘भोलीको निर्वाचनमा जनताले एक जना मानिसलाई सत्तामा पुर्याउने सेनाविरुद्ध मतदान गर्नेछन् भन्ने आशा गरौं,’ आइतबार आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति मुगावेले बताए। राष्ट्रपति रहँदा देशको नेतृत्व आफ्नो पत्नी ग्रेसलाई हस्तान्तरण गर्न लागेको भन्ने आरोपको पनि मुगावेले अस्वीकार गरेका छन् । ग्रेसलाई नेतृत्व सुम्पिने तयारी गरेको भन्ने भनाई विना अर्थको भएको भन्दै पूर्व रक्षामन्त्री सिड्नी सेकेरामायीलाई नेतृत्व सुम्पिन खोजेको मुगावेले खुलासा गरेका छन् । उनले आफूलाई गत वर्ष राष्ट्रपति पदबाट हटाउन बाध्य बनाइएदेखि जिम्बाब्वेका जनता स्वतन्त्र नभएको समेत जिकिर गरेका छन् ।

सोमबार करिब ५० लाख जिम्बाब्वे नागरिकले निर्वाचनमा मतदान गर्दैै छन् । जिम्बाब्वेका नागरिकले ३८ वर्षमा पहिलो पटक मुगावे सत्तामा नभएको बेला मतदान गर्दैछन् । उनीहरुले राष्ट्रपतीय, संसदीय र स्थानीय तहका लागि मतदान गर्र्दैछन् । राष्ट्रपतीय पदका लागि जिम्बाब्वेमा २३ जना उम्मेदवार रहेका छन् ।

मुद्रा अपचलन र बेथितिले ग्रस्त जिम्बाब्वेमा दशकौंदेखि दबाउने खालको शासन रहेको छ । जिम्बाब्वेले आर्थिक चुनौतीको समेत सामना गरिरहेको छ । जिम्बाब्वेमा लगानी, शिक्षा, स्वास्थ्यसेवा र रोजगारीलगायतका विषयमा लामो समयदेखि बहस चलिरहेको छ । जिम्बाब्वेमा बेरोजगारी ९० प्रतिशत को हाराहारीमा रहेको अनुमान गर्ने गरिएको छ।

रोजगारीको खोजी गर्दै कैयौं जिम्बाब्वेली नागरिक दक्षिण अफ्रिका गएका छन् । सोमबारको निर्वाचनमा युवा मतदाता निर्णायक हुने अनुमान गरिएको छ । देशको विद्यमान समस्यालाई आफ्नो नेतृत्वमा समाधान गर्ने भन्दै राष्ट्रपतीय पदमा दौडिएकामध्ये जानु–पिएफ दलबाट वर्तमान ७५ वर्षीय राष्ट्रपति नंगाग्वा र एमडिसीबाट ४० वर्षीय चामिसाबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

राजनीतिक चरित्रका कारण ‘गोही’ भनेर चिनिएका वर्तमान राष्ट्रपति नंगाग्वाले रोजगारीको सिर्जना गर्ने चुनावी प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले देशमा आर्थिक सुधारको काम गर्नेसमेत मतदातासमक्ष बताएका छन् । मुगावे समर्थकले कैयौं पटक ज्यान लिन खोजे पनि आफू बाँचेको उनले बताउने गरेका छन्।

२५ वर्षमै देशको सांसद बनेका चामिसा पनि जिम्बाब्वेको सबैभन्दा कान्छो उमेरको राष्ट्रपति बन्ने दाउमा रहेका छन् । चामिसालाई उनको क्षमता र योग्यताका लागि जिम्बाब्वेमा परिचित मानिन्छ । अधिवक्ता र पास्टरका रूपमा उनले आयोजना गर्ने र्याली र पत्रकार सम्मेलनले उनको पल्लाभारी भएको देखाउने बिबिसीले जनाएको छ । गत साता गरिएको एउटा मत सर्वेक्षणमा एमडिसीले जानु–पिएफलाई कडा टक्कर दिने देखिएको छ । यसअघि ११ प्रतिशत फरक आउने अनुमान गरिएकोमा त्यो घटेर तीन प्रतिशतमा आएको बताइएको छ । मत सर्वेक्षणमा सहभागी २० प्रतिशतले भने कसैको पनि पक्षमा मत दिएका थिएनन्।

जिम्बाब्वेका ५६ लाख ३५ हजार ७ सय छ मतदाताले सोमबारको निर्वाचनका लागि आफ्नो नाम पुनः दर्ता गराएका छन् । विपक्षीहरुले भने यो तथ्यांकमा शंका रहेको बताएका छन् । दर्ता भएकामध्ये ४३ दशमलव ५ प्रतिशत मतदाता ३५ वर्षभन्दा कम उमेरका रहेका छन् । त्यसैले सोमबारको निर्वाचनमा यही उमेर समूह नै निर्णायक हुने अनुमान गरिएको छ । सोमबारको निर्वाचनका लागि देशैभर १० हजार नौ सय ८५ मतदानस्थल कायम गरिएको जिम्बाब्वेको निर्वाचन कार्यालयलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । पूर्वराष्ट्रपति मुगावे पदबाट हटेपछि पहिलो पटक हुन लागेको निर्वाचनमा १६ वर्षपछि युरोपेली संघ र अमेरिकी पर्यवेक्षकलाई निर्वाचनको पर्यवेक्षणको स्वीकृति प्रदान गरिएको छ।

 

 

प्रकाशित: १४ श्रावण २०७५ ०४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App