हरियाे चुराकाे फेसन

सोमबार, १४ साउन २०७५, ०९ : ३० शुष्मा बराली

हरियो महिना साउनको महिनालाई सिरदेखि पाउ सम्म हरियो पोसाकमा सजिने फेसनका रुपमा लिने गरिन्छ । साउनको महिनामा हरियो पोते देखि हातमा लगाइने हरिया चुराले बजार रंगिएको छ।

हरियो महिनाको रुपमा मानिने साउनलाई व्यापारीहरुको व्यापार हुने बताउछन् । साउन महिनामा अन्य महिनामा भन्दा साउनको महिनामा अन्य श्रृंगारका सामाग्री संगै हरियो  चुरा निकै बिक्ने गर्छ । हिन्दु मान्यता अनुसार नेपाली समाजमा विवाहित महिलाले साउनको महिनामा हरियो पोते संगै हरियो चुरा लगाउनु पर्ने प्रचलन रहेको छ ।  अन्य समयमा इच्छा अनुसारको रंगको चरा लगाउने प्रचल रहेक पनि साउनको महिनामा भने हरियो चुरा लगाउनु पर्ने फेसन नै चलेको छ । साउनको महिनामा हरियो चुरा विवाहित वा अविवाहित दुबैले लगाउने गर्छन् ।पाटनकी रमा भुसालका हातमा टम्म हरिया चुरा लगाएकी छिन् । छेउछेउकमा पहेला रंगका चुराका बिचमा एक दर्जन हरिया चुरा लगाएकी छिन् । हातमा चुरा बजेको आवाज निकै मन पर्ने उनी बताउछिन् । उनी भन्छिन्,‘साउनको महिनामा अरु रंग भन्दा हरियो, पहेलेको फेसन निकै चल्छ, हरिया चुराहरु हातमा मिलाएर लगाउन मनपर्छ ।’

रमाले हरियो चुरा आफुले मात्र लगाइनन् घरमा आमा र भाउजुलाई पनि उपहार स्वरुप किनिदिइन् । हरियो चुरा हरेक महिलाले लगाउन मिल्ने भएर उपहार रुवरुप हरियो चुरा किन्ने उनले बताइन् । मंगल बजारबो चुरापसलमा चुरा किन्दै गरेकी रमाले ३ दर्जन चुरा किनिन् । ‘म प्रयेक वर्षको साउन महिनामा हरियो चुरा लगाउँछु,’ उनले भनिन्, ‘साउनको महिनामा हरियो सौभाग्यको सामाग्री उपहार स्वरुप दिन उपष्युक्त मानिन्छ त्यहि भएर उपहारको लागि हरियो चुरा नै राजे।’

साउनको महिनामा ब्रर्त बस्ने उनी यो बर्षको साउनको महिनामा पनि ब्रत बसेकी छन् । साउनको महिनामा मनलाई धार्मिक क्रृयाकलापमा अभ्यत बनाउने योजनामा रहेकी छिन् रमा । सोमबारको दिन बिहानै मन्दिर जादा हातभरी चुरा लगाएर जाने उनी बताउछिन् । उनी भन्छिन्, ‘हामा विवाहित महिलाको लागि चुरा पोते भनेको सौभाग्यको सामाग्री हो, यी सामाग्री लगाउदा मनै रमाइलो अनुभब हुन्छ।’

साउनको महिनालाई हरियो चुरा, पोते, मेहेन्दी, हरिया रंगका लुगा लगायतका सामाग्री लगाउने महिनाको रुपमा मानिन्छ । धेरै महिलाहरु साउनको महिनामा हरियो पहिरनमा सजिएर हिडेको देख्न सकिन्छ । असनको चुरा पसलमा हरियो चुरा लगाउदै गरेकी रेनु बुढाथोकी बिद्यार्थी हुन् । भर्खरै मात्र व्याचुलरको परिक्षा सकेर बसेकी रेनु हरियो चुरा रोज्दै थिइन् । धादिङ्की रेनुले यो साल एक दर्जन हरियो चुरा लगाउने बिचारमा रहेको बताइन्। 

‘अघिपछि हात भरि चुरा लगाएर हिडिन्न्, मौकको बेला लगाउ की भनेर हरियो चुरा किन्न आएकी हु ।’ बर्षको एक पटक हरियो चुरामा नारीमा सजाउन पाउदा खुसी लाग्ने उनी बताउछिन् । ब्रर्त र धर्ममा खासै रुचि नराख्ने उनी हरियो चुरालाई फेसनको रुपमा लगाउने उनी बताउछिन् । रेनुले हरियो महिना साउनमा चुरामात्र नभएर लुगा पनि हरियो लगाउने बताउछिन् । उनी भन्छिन्, ‘मौसम अनुसार फेसनमा फेरबदल आउदा नयाँ अनुभब हुन्छ, बेला मौकामा समय अनुसारको फेसन गर्न रुँचाउछु।’

मौसम अनुसारको फेसन गर्न रुचाउने रेनु मात्र एक हैनन्, पाटनकी निसा श्रेष्ठ पनि हरेक फेसनमा रमाउन रुचाउछिन् । निसाका लागि हरियो सामाग्री प्रयोग गर्न साउन कै महिना आउनु पर्ने उनी बताउछिन् । हरियो, पंहेलो रंगका श्रिृगांरका सामाग्री लगाउन साउन जीस्तो खास अन्य महिनामा नहुने उनी बताउछिन् । समय, बेला मौका अनुसारको फेसन गर्न रुचाउने निसा हात भरि मेहेन्दी, नारी भरि चुरा लगाएर मख्ख छिन् । उनी भन्छिन्,‘साउनको महिनामा हरियो, रातो, पंहेलो रंगका लुगा लगाउनु, हात भरी चुरा लगाएर हिड्नु सामान्य मानिन्छ तर अन्य महिनामा लगाइयो भने अनौठो मानिन्छ ।’ निसाको लागि साउन महिनामा हरिया सामाग्री लगाउनु भनेको साउन महिनाको उत्सव मनाउनु जस्तै रहेको उनी बताउछिन् । उनी भन्छिन्,‘साउन महिनामा चारै तिर हरियाली हुन्छ, आफुले हरियो लगाउदा मनै रमाइलो हुन्छ, एकहिसावले भन्नुपर्दा प्रकृतिसँग निकटता अनुभव हुन्छ।’

मंगल बजारको एक चोकमा एउटा टोकरीमा मिलाएर राखिएका थिए हरिया चुरा । चुराको टोकरी नजिकै बसेका थिए याकुब कुमार । भारतबाट नेपालमा काम गर्न आएका उनी मौसम अनुसारको सामाग्रीहरुको व्यापार गर्छन् । ‘यो महिना साउनको महिना हो, साउनमा हरियो चुराको व्यापार राम्रो हुन्छ’ उनले भने । अन्य समयमा जुत्ता र लुगाको व्यापार गर्ने उनी तिज सम्म चुराको व्यापार गर्ने उनी बताउँछन् । ‘साउनमा सबै हरियो लगाउने चलन हुन्छ, यो महिनामा हरियो चुरा, पोतेको व्यापार अन्य समयमा भन्दा निकै राम्रो हुन्छ ।’ साउनको महिनाको सुरुवात संगै चाडपर्वको सुरुवात हुने हुदा श्रृंगारको सामाग्रीको व्यापार पनि राम्रो हुने उनी बताउछन् । दुई पिस कडाको ५० रुपैयमा मुल्य पर्ने उनी एक दर्जन चुराको ३० रुपैया पर्ने उनी बताउछन् ।यामकला खड्का लगनखेलमा श्रृगांरको सामाग्री बेच्न सुरु गरेको ८ बर्ष भन्दा बढी भैसक्यो ।  नक्कली गहनाका सामाग्री संगै थरीथरीका चुराहरु बेच्ने गर्छिन् ।

अन्य समयमा रातो चुराको व्यापार राम्रो भए पनि साउनको महिनामा हरियो चुराको माग धेरै हुने उनी बताउछिन् । उनी भन्छिन्,‘विवाहको समय र अन्य समयमा चुराको माग निकै राम्रो हुन्छ तर हरियो रंगको चुरा साउनमा मात्र लगाइने हुदा साउनमा हरियो चुराको व्यापार राम्रो हुन्छ ।’ हरियो चुरा लगाउनेको भिड साउनको महिना भरी हुने उनी बताउछिन् । काममा जाने महिलाहरुले भने मोटो खालको कडा लगाउने उनले बताइन् ।

उनी भन्छिन्,‘कार्यलयमा काम गर्ने महिलाले हातभरी टम्म चुरा नलगाए पनि दुइवटा कडा भएनी लगाउछन्, खाली हात राख्दैनन् ।’ साउनको महिनामा एउटा मात्र भएपनि हरियो चुरा लगाउनु पर्ने मान्यता रहेको उनी बताउछिन् । एक दर्जन हरियो चुराको मुल्य रुपैया २५ रुपैया देखि सुरु हुने उनी बताउछिन् ।  उनी भन्छिन्,‘चुराको मुल्य चुराको डिजाइन, साइज अनुसार भर पर्छ, तर चल्तीमा सादा हरियो चुरा नै व्यापक चलेको छ।’

' चुरा र महिलाबीच सुन्दरताकाे सम्बन्ध हुन्छ'
संस्कृतविद् पूरुषोत्तम लोचन श्रेष्ठ
नेपाली हिन्दु समाजमा चुराको इतिहास हेर्ने हो भने २ हजार बर्ष भन्दा पहिले देखि नै चुरा लगाउने प्रचलन रहेको बताउछन् छ । पौराणिक मुतीहरु हेरेर थाह पाउन सकिन्छ की चुराको प्रचल निकै पहिले देखि भएको हो । साउनमा हरियो रंगको निकै महत्व रहेको हुन्छ । बर्ष भरि नै हरियो हुने महिना साउनको महिना हो ।

साउनमा नेपाली हिन्दु नारीहरु हरियो पहिरनमा सजिने प्रचलन प्रकृति बिचको निकटताको लागि रहेको छ । साउनमा लगाइने सौभाग्यका सामाग्रीले समग्र परिवार, मानबको राम्रोका लागि लगाउने प्रचलन रहेको पाइन्छ । हरियो रंगलाई जिवनको प्रतिकको रुपमा मानिन्छ, गतिको रुपमा मानिन्छ । नारीमा लगाइने चुराले महिला विवाहित की अविवाहित भन्ने कुरा छुट्टनि सहज हने भएकाले चुरा लगाउने चलन ल्याइको हो ।

महिलाको  नारीमा चुरा लगाउनुको अर्थ विवाहित महिलाको पहिचानको लागि लगाइने प्रचलन सुरु भएको हो । चुरा लगाउने प्रचलन विवाहितले मात्र भए पनि हिजोआज हरेक महिलाले लगाउने फेसन बढेको हो । चुरा र महिला बिच सुन्दरताको सम्बन्ध रहेको पाइन्छ ।साउनमा लगाइने हरियो चुराले प्रकृतीसंग निकटतामा बनाउछ । हरेक कुरामा प्रतिकलाई अगाडि बढाउदै आएको हाम्रो नेपाली समाजमा धार्मीक, सांस्कृतिक ठुलो महत्व रहेको छ ।  








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad