खिम्ती प्राथमिक स्वास्थ्य केन्द्र भवन

निर्माण सकिनेबित्तिकै पहिरोको जोखिममा

सोमबार, १४ साउन २०७५, ०८ : ४६ मन्जु उप्रेती

रामेछाप - लिखु तामाकोसी गाउँपालिका ६ खिम्तीस्थित प्राथमिक स्वास्थ्य केन्द्रको सुविधायुक्त भवन प्रयोगमा नआउँदै पहिरोको जोखिममा परेको छ। केही दिनदेखिको वर्षाका कारण आँगन पहिरोले भत्काएपछि भवन नै जोखिममा परेको हो। भवनआसपासको जमिन चर्किएको र वर्षाका कारण पहिरो बढ्दै गएका कारण भवन जोखिममा परेको प्रहरी चौकी खिम्तीले जानकारी दिएको छ। निर्माणको जिम्मा पाएको कम्पनीले सो भवनको निर्माण कार्य गत असारमा मात्र सम्पन्न गरेको थियो। सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रामेछापमार्फत निर्माण भएको सो भवन जिल्लाकै सबैभन्दा ठूला भवन रहेको कार्यालयले जनाएको छ। भवन ३ करोड २९ लाख रुपैयाँ लागतमा बनेको हो।

भवन जोखिममा परेपछि थप क्षति नहोस् भनी माथिल्लो निकायमा विज्ञ माग गरी पत्र पठाइएको सहरी विकास तथा भवन निर्माण विभाग रामेछापले जनाएको छ। सो भवन बनाइएको ठाउँ र आसपासमा जमिन कमजोर छ। वर्षाको समयमा पानी रसाउँछ। स्थानीयले उक्त भवनमात्रै नभई आसपासको बस्ती नै जोखिममा रहेको बताएका छन्।

भवन निर्माण भएको क्षेत्रमा २०७० सालमै पनि पहिरोले असर पु-याएको थियो। त्यसलाई बेवास्ता गर्दै भवन बनाएपछि अहिले फेरि समस्या निम्तिएको हो।

जिल्लाकै मुख्य केन्द्रको रुपमा रहेको खिम्तीमा स्वास्थ्य केन्द्रको उचित भवन नहुँदा स्वास्थ्य उपचारमा समस्या भएपछि सहरी विकास तथा भवन डिभिजन विभागले भवन बनाउन थालेको थियो।

खिम्ती स्वास्थ्य केन्द्रको दुईकोठे भवन भूकम्पले भत्काएपछि केन्द्रले अस्थायी संरचना बनाएर स्वास्थ्यसेवा प्रवाह गर्दै आएको थियो। नयाँ भवन बनेपछि स्वास्थ्य उपचार सेवा सहज होला भनी ठानेकोमा अहिले भवन नै जोखिममा परेपछि स्थानीय निराश भएको लिखु तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दीपशीखा दाहालले बताइन्। केन्द्रले यही महिनाबाट नयाँ भवनबाट सेवा दिने योजना बनाएको थियो। तर पहिरोेले जोखिम बढाएपछि अब के गर्ने भन्ने अन्योल भएको छ।

सो भवन निर्माण भएको क्षेत्रमा २०७० सालमै पनि पहिरोले असर पु-याएको थियो। त्यसलाई बेवास्ता गर्दै भवन बनाएपछि अहिले फेरि समस्या निम्तिएको हो। ‘उति बेलै पहिरोको प्रभाव परेको थियो तर त्यसलाई रोक्न कतैबाट पनि पहल भएन। त्यही ठाउँमा बनाउने भनियो र बनाइयो। अहिले समस्या देखा परेको छ’, निर्माण कम्पनीका प्रतिनिधि केशव महतले भने। निर्माण कम्पनीले काम सकेपछि भवन सरकारी निकायलाई हस्तान्तरण गरिसकेको छ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक कृष्णप्रसाद शर्माले सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रामेछापका प्राविधिकको टोलीले भवनको अवस्थाबारे बुझेर आइसकेको बताए। उनले तत्कालै माथिल्लो निकायमा भवनको सुरक्षाबारे तत्काल पहल गर्न अनुरोध गरिएको बताए। उनले माथिल्लो निकायबाट विज्ञ मगाई अनुसन्धान गर्ने जानकारी पनि दिए।

खिम्ती पहिरोको उच्च जोखिममा

खिम्ती प्राकृतिक प्रकोपको चपेटामा परिरहने क्षेत्र हो। पाँच वर्षयता बर्सेनि बर्खायाममा उक्त क्षेत्रमा प्राकृतिक विपत्तिबाट जनधनको क्षति हुँदै आएको छ। त्यस क्षेत्रका प्रायः बस्ती जोखिममा छन्। २०७० साउनमा ८ जना र २०७४ असारमा ५ जनाले पहिरोका कारण ज्यान गुमाएका थिए।

एक वर्षअघि गरिएको एक अध्ययनले समेत खिम्तीलाई प्राकृतिक जोखिमग्रस्त क्षेत्रका रुपमा देखाएको छ। वर्षा लागेपछि कहिले पहिलो जाने हो भन्ने त्रास आफूहरुलाई भइरहने स्थानीय यादव दाहालले बताए। उनले भने, ‘वर्षा सुरु भएपछि घरका चारैतिर हेर्नुपर्ने अवस्था छ। राति पानी प-यो भने त जागै बस्नुपर्ने अवस्था छ।’ पहिरोबाट ठूलो धनजनको क्षति भएको आफ्नै आँखाले देखेका खिम्तीबासी ठूलो पानी पर्नासाथ त्यही घटना सम्झिएर छटपटिने गरेको दाहालले बताए। ‘यो क्षेत्रमा कतिखेर के हुन्छ, भन्न सकिने अवस्था छैन’, उनले थपे।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad