८ वैशाख २०८१ शनिबार
अन्य

'खहरे खाेलामा पर्खाल लगाएर बाढी नियन्त्रण गर्याै'

केशब गुरुङ वडाध्यक्ष गोकर्णेश्वर नगरपालिका वडा नं – ७

जनप्रतिनिधी भएर आएपछि जनताले महसुस गर्ने गरी के–के काम गर्नुहुन्छ ?
जनप्रतिनिधी भएर आउँदा वडाको आफैं भवन थिएन् । जसको कारणले सेवाग्राहीले  समस्या भोगिरहेका थिए । हामी आएसँगै साढे दुई तलाको वडाको भवन बनाउन जुट्यौं ।

अहिलेसम्म भवनको दुई तला ढलान भइसक्यो । आगामी दशैंसम्म वडाको भवन तयार हुनेछ । वडाका विभिन्न १० स्थानमा सोलारबत्ती  जडान गरिसकेका छौं ।अर्यालगाउँमा  एक सय ५० मिटर सडक तथा ढल राख्ने काम सक्यौं । त्यसको साथसाथै चन्द्रसूर्य टोलमा एक सय ६० मिटर सडक कालोपत्रे गर्यौं।  

 चन्द्रसूर्य टोलमा खहरेखोलाको डुबानको समस्या छ, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
थलीबाट दक्षिणढोकातर्फ आउने खहरे खोलाले चन्द्रसूर्यटोलमा डुबान पार्दै आइराखेको थियो । वर्षायाम लाग्ने बित्तिकै खहरे खोलाले ठूलो समस्याको निम्ताउँदै आइराखेको थियो ।

वडा कार्यालयले डुबान नियन्त्रणको लागि खहरे खोलाको दुवैतर्फ एक सय १० मिटरको पर्खाल लगायौं । खहरेखोलासँगै जोडिएको एक सय ४ मिटर सडक ढलान गरेका छौं । अहिले पर्खाल लगाएसँगै खोलाको डुबान हुने समस्याबाट स्थानीय जनता जोगिएका छन्।

तपाईको वडामा खानेपानीको समस्या कस्तो छ ?
जनप्रतिनिधी भएर आउँदासम्म वडामा ४० प्रतिशत वडाबासीले मात्रै सहज ढंगले पानी उपयोग गरिरहेका थिए । ६० प्रतिशत वडाबासीले खानेपानीको समस्या भोगिरहेका थिए ।

निर्वाचित भएर आउने बित्तिकै खानेपानी व्यवस्थापनमा जुट्यौं । बागमति कोरिडोर अन्र्तगत शिवचोकबाट ३ इन्चको पाइपको  सहायताले अहिले दुई सय ५० घरधुरी खानेपानीबाट लाभान्वित भइरहेका छन् । उक्त योजनाको लागि ६० लाख रुपैयाँ खर्चियौं । अहिले वडामा नियमित खानेपानी आपूर्ति भइराखेको छ ।त्यसको साथसाथै चारधामभन्दा केही तलबाट दुई–दुई इन्चको छुट्टाछुटै पाइपलाइन जडान गरेर खानेपानी वितरण गरिरहेका छौं । जसबाट दुईसयभन्दा धेरै घरधुरी लाभान्वित भएका छन् ।

जोरपाटी बागमतीपुलदेखि  चारधाममन्दिरसम्मको सडक लथालिंग छ, कहिलेसम्म मर्मतसम्भार गर्नहुुन्छ ?
जोरपाटी बागमतीपुलदेखि चारधाम सम्मको  सडक लामो समयदेखि खाल्डाखुल्डी रहेका छन् । लामो समयदेखि मर्मतसम्भार नहुँदा उक्त सयडक अस्तव्यस्त भएको हो ।

जसको कारणले सर्वसाधारण  आवातजावत गर्न निकै मुस्किल भइराखेको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले उक्त सडकको ठेक्का गरेको वर्षाै भइसक्यो ।तर,अहिलेसम्म सडक बन्न सकेको छैन । ठेकेदारले सडकको साइट क्लिियर नभएको भन्दै काम ठप्प पारेका छन् । जसको कारणले सर्वसाधारणले हिउँदमा धुलाम्मे र वर्षात्मा हिलाम्मे सडकको सामना गर्नुपर्ने बाध्यता रहदैं आएको छ ।वडा कार्यालयले ठेकेदारलाई समयमा नै निर्माणसम्पन्न गर्नको  बारम्बार ताकेता गरेपनि हालसम्म सोचेअनुसारको प्रगति हात पार्न सकेका छैनौ । वडा कार्यालयले आफ्नो मातहत पर्ने करिव ३ किलोमिटर सडक दुई वर्षे कार्ययोजना बनाएर धमाधम निर्माण गर्ने लक्ष्य राखेको छु।

तपाईको वडामा भूकम्पपीडितको समस्या कस्तो छ ?
अन्य  वडामा जस्तो भूकम्पपीडितको समस्या मेरो वडामा न्यून छ । भूकम्पबाट वडामा धेरै क्षति हुन पाएन् ।त्यसैले भूकम्पपीडितको समस्या लगभग समाधानतर्फ गइसकेको छ । वडामा करिव १५ घर भूकम्पले क्षतिभएका थिए । अधिकांशले राहत लिएर भवन निर्माणमा जुटिसकेकाले पनि समस्या न्यून भएको हो । वडा कार्यालयले भूकम्पपीडितको समस्या समाधानको लागि प्रभावकारी योजना अघि सारेकाले पनि व्यवस्थापनमा सहज भएको हो।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट गत चालु आर्थिक वर्षमा वडा कार्यालयका लागि तीन करोड ८४ लाख रुपैयाँ बिनियोजन भएको थियो । बिनियोजित बजेट मध्ये ७० प्रतिशत भौतिक पूर्वाधार निर्माण,  वडा कार्यालय भवन खानेपानी, ढल निर्माण लगायतका योजनामा खर्चियौं ।

त्यस्तै गरी महिला, ज्येष्ठ नागरिक र बालबालिकाका लागि विशेष प्राथमिकतामा राखेर खर्च ग¥यौं । आगामी आर्थिक वर्षको लागि पनि  दुई करोड ५० लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।  नगरपरिषद्को बैंठकबाट आगामी आवको लागि बजेट घटेको छ । जनताको चाहाना र आकांक्षा बर्षेनी चुलिदैं गइरहेको छ । तर, गत आवको तुलनामा अहिले धेरै बजेट घटेकाले जनताले अपेक्षा गरेअनुसारको काम गर्न समस्था देखिने सम्भावना बढेको छ।

ज्येष्ठ नागरिकको लागि कस्तो योजना अघि सार्नुभएको छ ?
वडा कार्यालयले ज्येष्ठ नागरिकको लागि धार्मिक भ्रमणको योजना अघि सारेको छ । गत वर्ष वडामा रहेका ७५ जना ज्येष्ठ नागरिकलाई पोखराको विभिन्न धार्मिकस्थल  घुमायौं । जसबाट ज्येष्ठ नागरिक निकै उत्साहित हुनुभएको छ । त्यसको साथसाथै वडा कार्यालयले सहज ढंगले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता  वितरण गर्दै आइराखेका छौं।

तपाईको वडामा फोहोरमैलाको समस्या देखिएको छ ?
केही समयअघि नुवाकोटको ओखरपौवामा समस्या आएकाले फोहोरमैला उठ्न नसकेको हो ।अहिले विस्तारै फोहोरमैला उठ्ने क्रम जारी छ । उपत्यकाको फोहोरमैला व्यवस्थापनको लागि दीर्घकालिन योजना अघि बढाउनुपर्ने बेला भइसक्यो । वडा कार्यालय हरेक शनिवार नियमित रुपमा विभिन्न आमासमूह तथा टोलसुधार समितिसँग समन्वय गरेर वडामा सरसरसफाई कार्यक्रम गर्दै आइरहेका छौं । जसबाट जभाभावि रुपमा फोहोरमैला फ्याँक्ने प्रवृत्तिमा कमी आएको छ।

कस्तो वडा बनाउने सपना बोक्नुभएको छ ?
पाँच वर्षभित्र व्यवस्थित र समृद्ध वडा बनाउने लक्ष्य लिएर काम गरिरहेको छु । वडालाई सफा सुग्घर र हराभरा बनाउने लक्ष्य छ । अहिले वडामा खानेपानीको सहज आपूर्ति गरिरहेको छु । वडा कार्यालयले आगामी दुई वर्षभित्र वडामा रहेका भित्री सडक, कालोपत्रे, ढलान, वा ब्लक ओछ्याउने योजना बनाएको छु ।

प्रस्तुति हिमाल लम्साल  

 

प्रकाशित: १४ श्रावण २०७५ ०२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App