८ वैशाख २०८१ शनिबार
समाज

रौतहटमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

रौतहट – पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित जुडिबेला चौकमा भएको सवारी दुर्घटनामा परी एक युवकको ज्यान गएको छ।

पश्चिम दिशाबाट पूर्वतर्फ जादै गरेको को१च ७१५४ नम्बरको स्कोरपियोले ना५ख ६०५१ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा बागमतिबाट चन्द्रनिगाहपुर घर तर्फ आउँदै गरेको ना२३प ६७१५ नम्बरको होण्डा मोटरसाइकललाई ठक्कर दिएको थियो। स्कारपियोको ठक्करबाट दुर्घटना भएको मोटरसाइकललाई पछाडिबाट आउँदै गरेको ट्रकले पुनःठक्कर दिँदा मोटरसाइकल चालक चन्द्रपुर–५ पूर्वटोल बस्ने २५ वर्षीय अनिष भनिने रिषब कोइरालाको ज्यान गएको छ।

सोही मोटरसाइकलमा सवार अर्का चन्द्रपुर–३ गैडाटारका २४ वर्षीय संदिप गोसाई गम्भीर घाइते भएका छन्। उनलाई चन्द्रनिगाहपुर अस्पतालमा समान्य उपचार पछि थप उपचारको लागि बीरगञ्ज रिफर गरिएकोमा त्यहाँ समेत उपचार हुन नसकेपछि थप उपचाकोलागि काठमाडौं लगिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपि शान्तिराज कोइरालाले बताए।

स्कारपियो चालक सिराहाका ३६ वर्षीय राम प्रकाश यादब र ट्रक चालक बारा नीजगढका तुलाराम श्रेष्ठलाई हिरासतमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमको लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा राखिएको डिएसपि कोइरालाले बताए।

प्रकाशित: १४ श्रावण २०७५ ०२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App