coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

साउनभरिमा एकता टुंग्याएर नेकपा जनतामाझ जाने

काठमाडाैं - दुई पार्टीबीच एकता भएपछि हालै पार्टीको विधान र नियमावली टुंग्याएर नेकपाले साउनभरिमा जनवर्गीय संगठन र तल्लो तहका कमिटीको एकता सम्पन्न गर्ने बताएको छ।

शनिबार पूर्व दुई पार्टीका इन्जिनियरको एकता घोषणा गरेको नेकपाले आइतबार मजदुर विशेष जिल्ला कमिटीको एकताको टुंगोसमेत लगाएको छ। इन्जिनियरको संगठनमा ९५ सदस्यीय समिति बनाएको नेकपाले दुई मजदुर संगठनको एकतापछि बन्ने एकीकृत मजदुर संगठनमा ७५ सदस्य रहने तय गरेको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। आइतबार बसेको दुईवटै जिल्ला समितिको बैठकले मजदुर संगठनको एकताको टुंगो लगाएको हो। मजदुरको विशेष जिल्ला समितिमा २५ जना सचिवालय सदस्य र अध्यक्ष तथा सचिवको व्यवस्था गरिएको छ।

नेकपाले पार्टी एकता गरेसँगै जेठ ३ गते देखि लागू हुनेगरी तीन महिना जनवर्गीय संगठन र तल्लो तहका समितिको एकता प्रक्रिया टुंग्याइसक्ने जनाएको थियो। नेकपाले पार्टी सचिवालय, स्थायी समिति र केन्द्रीय सदस्यको टुंगो लगाइसकेको छ।

श्रेष्ठले अधिकांश जनवर्गीय संगठनको एकताका लागि कार्यदलका सदस्यहरूले एकताको रूपरेखा तयार पारिरहेको र साउनभित्रैमा सबै जनवर्गीय संगठनको एकता टुंगिने दाबी गरे। ‘साउन मसान्तभित्रै  पार्टीका सबै संगठनको एकता प्रक्रिया टुंगिन्छ, त्यसैका लगि सबै गतिविधि भइरहेका छन्,’ श्रेष्ठले भने। श्रेष्ठले एकताका क्रममा कुनै किसिमको समस्या नरहेको जानकारी दिए। ‘अहिलेसम्म सबै संगठनको एकता प्रक्रिया उत्साहजनक ढंगले भइरहेको, कुनै समस्या छैन,’ श्रेष्ठले भने।

विद्यार्थी संगठनलगायतका अन्य संगठनको पनि एकता प्रक्रिया अन्तिम चरणमा पुगेको नेकपाले जनाएको छ। नेकपाले पार्टी एकता गरेसँगै जेठ ३ गते देखि लागू हुनेगरी तीन महिना जनवर्गीय संगठन र तल्लो तहका समितिको एकता प्रक्रिया टुंग्याइसक्ने जनाएको थियो। नेकपाले पार्टी सचिवालय, स्थायी समिति र केन्द्रीय सदस्यको टुंगो लगाइसकेको छ।

हाल दुई पार्टीका संगठनको आन्तरिक एकतामा जुटिरहेको नेकपाले जनवर्गीय संगठनको एकता टुंगिएसँगै जनतामा जाने जनाएको छ। ‘आन्तरिक एकीकरण सम्पन्न भएसँगै पार्टी जनतामाझ जान्छ,’ नेकपाका महासचिव विष्णु पौडेलले भने। पौडेलले एकतालगत्तै संघ, प्रदेश र स्थानीय तहलाई लक्षित गर्दै पार्टीका कार्यक्रम तय गरिने बताए। पार्टीका अगुवा कार्यकर्तामा जागरुकता ल्याउन र एकताको सन्देश दिन तथा जनतामा समेत एकताको सन्देश दिन पार्टी जनतामाझ जाने पौडेलले जानकारी दिए।

मदन भण्डारीको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि पार्टीको आन्तरिक एकीकरण सम्पन्न गरेलगत्तै नेकपा जनतामाझ जाने बताएका थिए। उनले एकतालगत्तै नेकपाले जनतामा जाने अभियान नै चलाउने बताएका थिए। कार्यक्रममा दाहालले पार्टी एकीकरणविरुद्ध प्रतिक्रियावादी शक्ति सक्रिय भइरहेकाले त्यसलाई तोड्न अभियान नै चलाएर जनतामाझ जाने जनाएका थिए।

प्रकाशित: १४ श्रावण २०७५ ०१:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App