coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

तरुण दलको महाधिवेशन असोज ३ देखि ५ सम्म पोखरामा हुने

काठमाडौं–नेपाली काँग्रेसको भातृसंगठन नेपाल तरुण दलको अधिवेशन असोज ३ देखि  ५  सम्म पोखरामा हुने भएको छ। आइबार राजधानीमा पत्रकार सम्मेलनमा पत्रकार सम्मेलन गर्दै चौथो महाधिवेशन असोज ३ देखि ५ गतेसम्म  पोखरामा गर्ने जानकारी दिइएको हो।

कायक्रममा बोल्दै अध्यक्ष उदय शम्शेर राणाले भने,‘विधिवत र नियमसंगत महाधिवेशनको पक्षमा उभिएका असुन्तुष्ट पक्ष र विवादित जिल्लाहरुको कारण तोकिएको मिति तलमाथि भएको छ, अव जसरी भएपनि तोकिएको समयमा महाधिबेशन हुन्छ, यसमा कसैले पनि शंका नगरौं।’
पत्रकार सम्मेलनमा अर्का केन्द्रीय सदस्य नारायणप्रसाद भटराईले असन्तुष्ट पक्षको माग र विधानका आधारमा महाधिवेशन गर्न गरेको मागलाई केन्द्रीय समिति र संगठनका अध्यक्ष राणा तयार भएको अवस्थामा महाधिवेशनको मिति असोजमा तोकिएको बताउदै भने, ‘म सम्पूर्ण साथीहरूलाई महाधिबेशनमा भाग लिन आग्रह गर्दछु,।’ तरुण दलको महाधिबेशन पार्टी सभापति शेरबहादुर देउवाले उद्घान गर्ने तरुण दलले जनाएको छ।

 

प्रकाशित: २६ भाद्र २०७३ ०९:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App