८ वैशाख २०८१ शनिबार
अर्थ

इटहरी वाणिज्य बैंकमा आधुनिक टोकन

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक इटहरीले शाखाले १ नम्बर प्रदेशमै पहिलोपटक आधुनिक टोकल प्रणाली सेवा सुरु गरेको जनाएको छ । ग्राहकलाई सुविधा दिँदै स्तरीय सेवा दिने उद्देश्यले सेवा सुरु गरेको शाखा प्रबन्धक सन्तोष लम्सालले बताए।

३१ हजारभन्दा बढी खाता संख्या रहेको इटहरी कार्यालयबाट बृद्धभत्ता, पेन्सन एवं शिक्षक कर्मचारी र प्रहरीको तलब समेत वितरण गर्दा ग्राहकलाई झुक्तानी दिन निकै समस्या र झन्झट भएपछि टोकन सेवा सुरु गरिएको बैंकले जनाएको छ । शाखाले दिएको जानकारी अनुसार एटिएम पनि अर्को थप्न लागिएको छ । एउटा मात्रै एटिएम हुँदा लाइन बस्नुपर्ने भएकाले अर्को थप्न लागेको बैंकले जनाएको छ । इटहरी शाखाले सेवा सुरु गरेसँगै पूर्वका अन्य शाखाले समेत सुरु गर्ने तयारी गरेको बताइएको छ ।

प्रकाशित: १४ श्रावण २०७५ ०१:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App