७ वैशाख २०८१ शुक्रबार
अर्थ

मेगाको मेहन्दी उत्सव

काठमाडौं– महिला ग्राहकका लागि मेगा बैंकले मेहन्दी उत्सव आयोजना गरेको छ । साउन महिनाभर चल्ने यो उत्सवमा ग्राहकले मेगा बैंकका विभिन्न शाखाबाट निःशुल्क रुपमा आकर्षक मेहेन्दी लगाउन सक्नेछन्।

मेगा बैंकको राइजिङ मलस्थित मुख्य शाखामा हालै मेहेन्दी लगाउने ग्राहकको भिड थियो । मेहन्दी उत्सव आयोजना गरेकोमा बैंकलाई धन्यवाद दिँदै ग्राहक मेहेन्दी लगाउन ब्यस्त थिए । उत्सव मेगा बैंकका राजधानी र राजधानीबाहिरका हरेक शाखामा पालैपालो यो कार्यक्रम हुनेछ।

इच्छुक ग्राहकले आफूलाई पायक पर्ने नजिकको शाखामा सम्पर्क गरेर मेहेन्दी लगाउन सक्ने मेगा बैंकले जनाएको छ । बैंकले नेपाली नारीलाई लक्ष्य गरी यस्ता सांस्कृतिक र सामाजिक अभियान सञ्चालन गर्नुका साथै नारी सिर्जनशील बचत खाता र मेगा जीवनसाथी बचत खाता जस्ता बचत योजना पनि सञ्चालन गरेको जनाएको छ ।

प्रकाशित: १४ श्रावण २०७५ ०१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App