coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

दसैंमा फोहोरमय बन्न सक्छ उपत्यका (फाेटाे फिचर )

फाेहाेरले दुर्गन्ध फैलिएपछि अनामनगरमा नाक थुन्दै हिँडेका सर्वसाधारण । तस्बिर : विजय गजमेर

अघिल्लो साता नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट पुग्ने सडक बिग्रँदा केही दिन उपत्यकाको फोहोर उठेन । जसले गर्दा उपत्यकामै फोहोर थुप्रियो । फोहोरको दुर्गन्धले महामारीको जोखिम बढ्ने भन्दै सर्वसाधारण आत्ति ।

यो समस्या उपत्यकावासीका लागि भने नयाँ होइन । यसअघि पनि उपत्यकावासीले यस्तो समस्या भोगिसकेका छन् । अबको तीन महिनापछि भने उपत्यकामा फोहोर व्यवस्थापनमा झनै विकराल समस्या हुने सक्ने देखिएको छ । किनकि सिसडोलमा अबको दुई–तीन महिनापछि फोहोर व्यवस्थापन गर्न नसकिने महानगरले जनाएको छ ।सरकारले १२ वर्षदेखि सिसडोल क्षेत्रमा उपत्यकाको फोहोर व्यवस्थापन गरिरहेको छ । त्यसको व्यवस्थापन गर्ने जिम्मा काठमाडौं महानगरले पाएको छ ।

‘सिसडोलमा फोहोरको पहाड बनाएर फोहोर व्यवस्थापन गरिरहेका छौं,’ काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘अबचाँहि दुई–तीन महिनाभन्दा बढी व्यवस्थापन गर्न सकिँदैन ।’ उनका अनुसार राजधानीमा दसैंबेला फोहोर नउठ्ने समस्या फेरि देखिन सक्छ ।उपत्यकामामा सबैभन्दा बढी फोहोर काठमाडौं महानगरपालिकाबाट उत्पादन हुन्छ । महानगरबाट दैनिक पाँच सय मेट्रिक टन र अन्य नगरबाट एक हजार मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन भइरहेको छ ।

सिसडोलमा फोहोरको पहाड बनाएर फोहोर व्यवस्थापन गरिरहेका छौं, अबचाँहि दुई–तीन महिनाभन्दा बढी व्यवस्थापन गर्न सकिँदैन ।
 

यही फोहोरले सिसडोलमा फोहोरको पहाडै बनिसकेको छ । यसरी पहाड बनाएर पनि केही महिनापछि भने व्यवस्थापन गर्न नसक्ने महानगरले स्पष्ट पारेको छ।

बन्चरेडाँडामा अझै दुई वर्ष लाग्ने

सरकारले उपत्यकाको फोहोर व्यवस्थापनको लागि सिसडोलको विकल्पकारूपमा बन्चरेडाँडालाई अघि सारेको छ । तर, बन्चरेडाँडामा कुनै पूर्वाधार विकास गरिएको छैन । सिसडोलबाट दुई किलोमिटर टाढा रहेको बन्चरेडाँडा नुवाकोट र धादिङको सिमानामा पर्छ ।

सरकारले सार्वजनिक–निजी साझेदारीमा २०६१–६२ देखि फोहोर व्यवस्थापन परियोजना सुरु गरेको हो । तर, फोहोर नउठ्ने समस्या भएका बेला मात्रै परियोजनाले चर्चा पाउने गरेको छ ।उपत्यकाको एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाको लागि लगानी बोर्डले असार ३१ गते नेपवेस्ट कम्पनी प्रालिसँग आयोजना विकास सम्झौता गर्ने निर्णय गरेको छ । तर, यसको सम्झौता कहिले हुने भने अन्योल छ ।

‘सम्झौता निर्णय त भएको छ,’ लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले भने, ‘उपत्यकाका महानगर तथा नगरपालिकासँग छलफल गरेर चाँडै सम्झौता गर्नेछौं ।’ उनका अनुसार सम्झौताका लागि कम्तीमा दुई महिना लाग्नेछ । सम्झौता भएपछि दुई वर्ष पूर्वाधार निर्माणका चरण रहनेछ । त्यसपछि मात्रै उपत्यकाको फोहोर व्यवस्थापन दीर्घकालीन रूपमा सञ्चालन गर्न सकिने बोर्डका प्रवक्ता वाग्लेले जानकारी दिए।

अबको विकल्प के ?

बन्चरेडाँडामा आवश्यक पूर्वाधार निर्माण गरेर फोहोर व्यवस्थापन केन्द्रमा विकास गर्न सकिन्छ । तर, लगानी बोर्डले त्यस ठाउँमा दीर्घकालीन योजना अघि सारेकाले तत्कालै त्यस ठाउँलाई विकल्पको रूपमा प्रयोग गर्न पनि सकिँदैन्।

काठमाडौं महानगरका प्रशासकीय प्रमुुख यादवप्रसाद कोइरालाका अनुसार सिसडोलसँगै ६० रोपनी जग्गा छ, बन्चरेडाँडामा फोहोर व्यवस्थापनको पूर्वाधार नबनेसम्म त्यही बिर्सजन गर्न सकिन्छ । त्यसको लागि महानगरले सरकारसँग अनुरोध गरिरहेको उनले बताए ।‘सिसडोलमा फोहोर भरिएर व्यवस्थापन गर्नै नसकिने जानकारी हामीले बारम्बार सरकारलाई गराएका छौं,’ उनले भने, ‘जग्गा उपलब्ध गराए महानगरले त्यसको व्यवस्थापन गर्नेछ ।’

फाेहाेरले दुर्गन्ध फैलिएपछि अनामनगरमा नाक थुन्दै हिँडेका सर्वसाधारण । तस्बिर : विजय गजमेर
फाेहाेरले दुर्गन्ध फैलिएपछि अनामनगरमा नाक थुन्दै हिँडेका सर्वसाधारण । तस्बिर : विजय गजमेर
फाेहाेरले दुर्गन्ध फैलिएपछि अनामनगरमा नाक थुन्दै हिँडेका सर्वसाधारण । तस्बिर : विजय गजमेर
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App