coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एमसिसीले दियाे नेपाललार्इ जितकालागि ४१ रनकाे लक्ष्य

लन्डन - मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) ले नेपाललाई जितका लागी ४१ रनको लक्ष्य दिएको छ। लन्डन स्थित लर्डस क्रिकेट मैदानमा वर्षाले ६/६ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको एमसिसीले नेपाललाई जितकालागि ४१ रनको लक्ष्य दिएको हो । श्रिलंकन खेलाडी महेला जयवद्र्धनेको कप्तानीमा रहेको टोलीलाई ६ ओभरमा ४० रनमा सिमित गर्ने क्रममा नेपालका सोमपाल कामीले २ तथा शक्ति गौचनले एक विकेट लिए । एमसिसीले जयवद्र्धनेको अविजित २४ रनको सहयतामा निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ४० रन जोडेको हो। 

प्रकाशित: १३ श्रावण २०७५ १४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App